बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिदाई


इन्द्र बुढाथोकी । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री आज नगरपालिकाले एक कार्यक्रम बिच बिदाई गरेका छ । बाकेको जानकी गाउपालिकामा सरुवा भएर जानु भएका अधिकृत खत्री ६ महिना अगाडि बैशाखमा नगरपालिकामा प्रमुख अधिकृत भएर आउनु भएको थियो । ६ महीनाको बस्नु भएका अधिकृत खत्रीलाई राम्रो काम गरेको भन्दै सबैले प्रशंसा समेत गरेका थिए । जनप्रतिनिधी र नगरका कर्मचारीले विदाई गरेका हुन् ।
उहाँले विदाई कार्यक्रममा सवै जनप्रतिनिधी, शाखा प्रमुख, कर्मचारीलाई आफु रहँदाको वखत राम्रो सहयोगीपुर्ण काम गरेकोमा प्रशसा गर्नु भएको थियो । उहाँले नगरमा रहदाँ समन्वयात्मक र सवैको सल्लाह अनुसार कामकाज सञ्चालन गर्दै आउनुभएको थियो ।

साथै नगरका पुराना कामकाजले समेत विस्तारै गति लिन थालेका अवस्था मा सरुवा भएर जादा पुन केही समयको लागि नगर काम अर्को प्रमुख प्रसासकिय अधिकृत नआउदा सम्म रोकिने छन । विदाई कार्यक्रमको अध्यक्षता मोहन खड्का र सञ्चालन योजना शाखा प्रमुख हरिस तिरुवाले गर्नु भएको थियो ।










