जनप्रतिनिधि र टावर निर्माण नगर्ने कम्पनीका अधिकारी बीच घम्साघम्सी


हेमन्त केसी
जाजरकोट , तोकिएको मिति भन्दा भारी समय सम्म नेपाल टेलिकमका टावर निर्माण नगर्ने भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधी बीच झण्डै हातहालाहाल सम्म भएको छ ।
पटक , पटक निर्माण गर्छु भनि लिखित कागज सम्म गरेको भारतीय कम्पनीले तोकिएको मिति धेरै पटक गुजारेको भन्दै यहाँका जनप्रतिनिधीले आक्रोष व्यक्त गदै घम्साघम्सी भएको हो । जिल्ला प्रशाषण कार्यालय , जाजरकोटले आयोजना गरेको समन्वयात्मक वैठकमा उपस्थित भएका जनप्रतिनिधिले जनताको आक्रोष व्यक्त गर्नुभएको हो ।

जिल्लाका ६ ठाउँमा नेपाल टेलिकमका जिएसएम मोवाईल टावर निर्माण गर्ने जिम्म लिएर बिभिन्न वहाना बनाउदै निर्माणमा विलम्व गर्ने कम्पनीका अधिकारीसँग जनप्रतिनिधीले आक्रोष व्यक्त गरेका हुँन् । स्थानीय तहमा चुनाव जित्दा टावर निर्माण गर्ने मुख्य एजेण्डा राखेर चुनाव जितेका यहाँका जनप्रतिनिधीले तोकिएको समयमा टावर निर्माण नभएरपछि आक्रोष पोखेका हुँन् ।
निर्माण कम्पनीका अधिकारीले जाजरकोटका स्थानीय फटाह भएकोले टावर निर्माण गर्न नसकिएको भनी आरोप लगाएपछि स्थानीय तहका प्रमुखले जाजरकोटीको अपमान गर्न खोज्ने भन्दै आक्रोषित भएका थिए । स्थानीय तहमा टावर निर्माण गर्दा निर्माण कम्पनीका अधिकारीले कुनै पनि समन्वय नगरेको र टावर निर्माण छिटो गर भन्दा पटक , पटक आनाकाँनी गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।
काठमाण्डौँ केन्द्रीय कार्यालयमा गत सावन १९ गते चार महिना भित्र टावर निर्माण गर्ने भनि गरेको प्रतिवद्धता समेत लागु नभएको भन्दै प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले भन्नुभयो , “ जनताका अगाडी हामीलाई सधै नजवाफ बनाउने ? टावर निर्माण गर्छु भनि पटक , पटक हामीसँग कागज गर्ने तर सवै निर्माण कम्पनीले ठट्टाको रुपमा लिने कार्यशैलीले हामीलाई जनताको अगाडी जवाफ दिन समस्य भएको छ । ”
त्यस्तै शिबालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जाजरकोटका टावर निर्माण गर्ने भनि पेश्की निकालेर अर्कै ठाउँमा गएर टावरका काम गर्ने भन्दै भन्नुभयो , “ टावर निर्माणमा परेका समस्य हामीसँग जानकारी नदिने तर चुनौती छ मात्र भन्ने ? खै हामी सँग कती पटक सम्पर्क भयो । ” जाजरकोटीलाई फटाह छन् भनि अपमान गर्ने तर आफु कुनै काम नगर्ने टावर निर्माण कम्पनीलाई चेतावनी दिदै कुशेगाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेत भन्नुभयो , “ हामीले कति जनताबाट गाली खाएका छौँ , स्थानीय तहमा फोन लाग्दैन् , काम गर्न समस्य छ , हामी टावर निर्माणका लागि सवै सहयोग गर्न तयार छौँ तर हामीसँग सम्पर्क नगर्ने तर टावर निर्माणमा अवरोध भयो भनि हल्ला गर्ने । ”
माघ मशान्त भित्र जाजरकोटका सवै टावर निर्माण गर्ने प्रतिवद्धता निर्माण कम्पनीका भोजराज बढु लगाएतका टोलीले लिखित कागज गरेका छन् । ७ वटा स्थानीय तहका सरकारप्रमुख , जाजरकोट (क( का प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , प्रमुख जिल्ला अधिकारी जनकराज पन्त , जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल , डिएस्पी श्याम खत्री , सशस्त्र प्रहरी वलका डिएस्पी योग्य बस्नेतको रोहवरमा लिखित कागज गरिएको छ ।
त्यस्तै सडक निर्माण कार्यलाई गतिदिने , स्तरउन्तीका लागि तोकिएको ठाउँमा तत्काल काम चालु गर्ने समेत सडक डिभिजन चोरजहारीले प्रतिवद्धता व्यक्त गरेको छ । त्यस्तै नेपाल विद्युत प्राविकरण जाजरकोटले तोकिएका ठाउँमा काम गर्न अझ गती दिनका लागि अनुरोध गरिएको छ । विकास बजेट खर्च निराशाजनक भएको भन्दै यो आर्थिक वर्षमा गती दिन समेत प्रतिवद्धता व्यक्त गरिएको छ ।










