अवैद्य सम्वन्धबाट वच्चा जन्माएर मार्ने पक्राउ

जाजरकोट , ः अवैद्य सम्वन्धबाट जन्मिएको शिशुलाई खाडलमा पुर्ने नलगाड नगरपालिका –८ मन्मैकी २३ वर्षीय मनिषा खत्री (नेपाली) लाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान मनिसाले अवैद्य सम्वन्धबाट बच्चा जन्माएर घर नजिकै गाड्न लाग्दा स्थानीयले थाहा पाएर पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । ६ महिनाको शिशुलाई जन्म दिएर गाड्ने मनिसालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । मनिसाका श्रीमान् मीनबहादुर नेपाली अहिले वैदेशिक रोजगारीका शिलशिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिम आठविसकोट नगरपालिका राडीबजारमा व्यवसाय गरेर बस्ने रमेश विक सँग अवैद्य शारीरिक सम्पर्क गरी बच्चाको जन्म भएको प्रहरीले बताएको छ । अहिले प्रहरीले दुवैलाई पक्राउ गरी सदरमुकाम ल्याईएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!