उत्पादित सामग्री विक्री गर्दै जाडो छल्न वेशी झदै डोल्पाली

हेमन्त केसी 
जाजरकोट , (रासस)ः चिसो बढ्न थालेपछि डोल्पाका स्थानीयवासीहरु बेसी झर्न थालेका छन् । दशै , तिहार जस्ता ठुला पर्व सकिए लगत्तै यि जिल्लाका स्थानीयवासीहरु तातोको खोजीमा जिल्ला छोड्न थालेका हुँन् ।
कर्णालीका जिल्लाहरुमा दिनप्रतिदिन चिसो बड्दै जाँदा हिमपात हुँने सम्भावना पनि रहेको छ । दैनिकजसो चिसो बड्न थालेपछि आजभोलीको घाम प्यारो लाग्न थालेको मुड्केचुला गाउँपालिका –७ का स्थानीयवासी नवराज शाहीले बताउनुभयो । तल्लो डोल्पा भन्दा माथेल्लो डोल्पाका अधिकांश स्थानीयवासीहरु बेसी झरीरहेको काईके गाउँपालिका – ७ का वडा अध्यक्ष रामचन्द्र रोकायले बताउनुभयो ।
मंङ्सिर ,पुस र माघको तीन महिनाको जाडो छल्नका लागि जाजरकोट, नेपालगंञ्ज,काठमान्डौ र सुर्खेत लगाएतका जिल्लाहरुमा यहाँका स्थानीयवासीहरु जाने गर्दछन् । अहिले डोल्पाको जुपाल विमानस्थलमा वेशी झर्नेको ठुलो भिड रहेको छ । प्रत्येक बर्ष यहि समयमा जाडो छल्न बेशिझर्ने सर्बसाधारणको भिँडलाग्ने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ। कर्णालीबासीको जाडो छल्न झर्ने शहरहरु मध्ये काठमान्डौ प्रमुख रोजाइमापर्ने गर्दछ। यतिखेर जाडो मौसम सुरुभएसँगै कामकाजबाट समेत फुर्सद पाइने भएकाले पनि व्यक्तिगत कामकाज देखि लिएर राजतीतिक भेटघाट र सामान किनमेलकालागि पनि काठमान्डौ धेरै जाने गरेका हुन्। जाडो छल्न तराई झरेका डोल्पाबासी फागुन महिना लागेपछि मात्रै घर फर्केर यार्सागुम्वा संकलन तर्फ लाग्दछन् ।
हिँउदको मङ्सिर ,पुस र माघमा चिसोको लागि फुर्सद निकालेर वेशी झर्ने उपल्लो डोल्पावासीहरु कात्तिक महिना भरी हिँउदेबालीको रुपमा रोपिने गहुँ,जौँ,उवा लगाएतका अन्नबालीहरु लगाइसक्ने गर्छन्। केहीले हिँउदमा भारी हिमपातभई चिसोले घर बाहिर समेत निस्कन नसकिने भएकाले आगो ताप्नको लागि कात्तिकमा गुँइठा,दाउराको जोहो धेरै हुने गर्दछ। चिसोमा घट्ट तथा मिलहरुमा जान समेत समस्याहुने भएकाले खाद्यान्नको समस्या नहोस भनेर कात्तिकमै धेरै परिमाणमा खाद्यान्न कुटानी पिसानी किनमेल गर्दछन्।
सरकारी कार्यालय फुर्सदमा
जाडो सयममा धेरैजसो सर्वसाधारणहरु जाडोछल्न तराई झर्ने भएकाले कार्यालयहरुमा कामकाजको चाप कमहुने र कर्मचारी पनि फुर्सद हुँने गरेको छ । उपल्लो डोल्पामा रहेका ६ वटा प्रहरी चौकी समेत सदरमुकाम दुनैमा आईसकेको डिएस्पी नारायण रन्जितकारले बताउनुभयो । उपल्लो डोल्पाका तीन वटा स्थानीय तहको काम समेत सदरमुकाम दुनैमा हुँने गर्दछ । जिल्लाका अधिकासं सरकारी तथा गैह्र सरकारी कार्यालयहरु कर्मचारीहरु विहिनहुने गर्दछन्। कतिपय कार्यालयहरु सहयोगिको भरमा चल्दछन्। कर्मचारीहरु जाडोछल्न तथा घुमघामकोलागि तराई झर्ने भएकाले यस समयमा कार्यालयहरु कर्मचारी विहिनहुने हुने गरेकाहुन्। कर्मचारीमात्रै नभइ जनप्रतिनिधिहरु समेत जाडोछल्ने बाहानामा घुमघामका लाति तराइका जिल्लाहरुमा जाने र्गछन्। उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा,तल्लो क्षेत्रका तराईमा आएर स्थायी वसोवास गर्दा भुगोल जिल्लामै दुइ क्षेत्रमा बिभाजित छ। जिल्लाका उच्च भेगमा बसोबास गर्ने सर्वसधारणहरु तल्लो क्षेत्रमा भन्दा धेरै चिसोहुने भएकाले छ महिनाको अस्थायी बसोबासका लागि पशु चौपाय सहित जाडो छल्न बेशी झर्ने गर्दछन्।
यतिखेर आर्थिक रुपमा मजुबुद भएकाहरु भने काठमान्डौ पोखरा नेपालगञ्ज लगाएका शहरहरुमा जाने र आर्थिक अवस्था कमजोर सर्वसाधारणहरु चिसो कमहुने ठाँउखोज्दै तल्लो क्षेत्रमा झर्छन्। यतिखेर उपल्लो क्षेत्रका मान्छेहरुले फुर्सको समयको उपयोग गर्दै राडी,पाखी,झोला बनाएर बेच्ने र जिम्बुहरु अन्नबालीहरु सँग साटासाट गरेर आय आर्जन गर्ने गर्दछन्।
डोल्पामा दुइ प्रकारको शैक्षिक सत्र लागुहुँदै आएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध,शे फोक्सुन्डो,छार्काताङसोङ गाँउपालिकामापर्ने सम्पुर्ण बिद्यालयहरु चिसो समयमा विदा हुन्छन् । उपल्लो डोल्पाका बिद्यालयहरु बैशाखमात्रै खुल्ने गर्दछन्। तल्लो डोल्पाका सम्पुर्ण बिद्यालयहरु पुस पहिलो साताभित्र बन्द भएर फागुन पहिलोसाता खुल्नेछन्। ।










