जहाँ ढलेको रुखका सहायताले नदी पार गरिन्छ ?

डोल्पा ः बर्षायाममा भएको अत्याधिक वर्षाको कारणले गर्दा बर्खे भेलले जगदुल्ला गाउँपालिका ४ बालु कुनामा रहेको काठे पुल बगेपछि यहाँका स्तानीयवासीहरु रुखको डोसो ( ढलेको रुख) मार्फत वारपार गर्न बाध्य भएका छन् ।

जगदुल्ला गाउँपालिका ४ छाँचुको बालु कुनामा रहेको काठे पुल बगेपछि पुल निर्माण गर्ने कसैले ध्यान नदिदा यहाँका स्थानीयवासीहरु जीवन जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

छाँचु स्थित डोसोबाट नदी पार गर्दा रिगंटा लाग्ने गरेको स्थानीयले बताएका छन् । पुल निर्माणका लागि स्थानीयलेवासीले तुरुन्तै माग गरेपनि वजेट नहुूँदा समस्य हुँदै आएको जगदुल्ला गाउँपालिका ३ का वडाअध्यक्ष लालबहादुर बोहोराले बताउनुभयो ।

तस्वीर रामचन्द्र न्यौपाने रासस




सम्बन्धित समाचार


error: Content is protected !!