लेक लागेर विरामी पर्यटकका पथप्रदर्शकको उद्धार

डोल्पा, विश्वकै रमणीय स्थल मध्यमा पर्ने माथिल्लो डोल्पामा पर्यटकहरु घुमाउन आएका पथप्रदर्शक९गाइड० आफै लेक लागेर विरामी परेकाले उनको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
पर्यटक ल्याएर नेपालकै गहिरो ताल फोक्सुण्डो हुदै शे गुम्बा तर्फ जाने क्रममा लेक लागेर विरामी परेका पथप्रदर्शक सोलुखुम्बु घर भएका ४६ वर्षिय कुमार राईको डाइनास्टिक एयरको हेलिकोप्टरबाट उद्धार गरी काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
पयर्टक गाइड विरामी परेर बुधवार बेलुकी पख काठमाण्डौ लगिएको छ भने पर्यटकहरु माथिल्लो डोल्पाको अवलोकन गरी फर्कने योजनामा रहेको पनि जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।










