राजनीति सँगै मुर्तीकलाको अव्वल हरीभक्त

जाजरकोट , जाजरकोटको कुशे गाउँपालिका – २ टालेगाउँका हरिभक्त नेपाली सत्तारुढ (नेकपा)का कर्णाली प्रदेश सदस्य हुनुहुन्छ । माओवादी युद्धका वेला एटम नामले परिचित ४२ वर्षिय नेपाली अहिले राजनीति वाहेक अर्काे व्यवसायमा निकै सक्रिय भएर लाग्नुभएको छ ।
विद्यालयमा पढाउदा पढाउदै तत्कालीन माओवादीले सुरु गरेको शसस्त्र युद्धमा २०५८ साल जेठ देखि भुमिगत भएर नेता वनेका नेपाली अहिले भने कम्युनिष्ट नेता संगै अर्काे नयाँ परिचय वनाउन सफल हनुभएको छ ।
नेपालीले मुर्तिकला सम्वन्धी कुनै औपचारिक सीप, प्रविधि र साधन प्रयोग सम्वन्धी ज्ञान पनि हासिल गर्नुभएको छैन् , तर उहाँले बनाएका विभिन्न देवीदेवताका मुर्तिहरु, चित्रहरु र विभिन्न नेता कार्यकर्ताका सालिकहरु कुनै दक्ष मुर्तिकार र कलाकार भन्दा कम छैनन् । जनयूद्ध वेला पार्टीका कार्यक्रमहरुका व्यानर, भित्ते लेखन र चित्र वनाउने काम गरेका नेपालीले गत असार महिनामा श्रीमतिको उपचारका लागि काठमाडौं गएका वेला ललितपुरको खोकनामा मुर्तिकार चन्द्रस्याम डंगोलको मुर्तिकला केन्द्रमा मुर्ति वनिरहेको देखेको बताउनुभयो । त्यस कलाकेन्द्रमा मुर्ति बनाउने तरीका र वनेका मुर्तिको मुल्य रु १० लाख पर्ने थाहा पाएर मुर्ति वनाउन हौसिएका नेपालीले भदौं महिना देखि नै जाजरकोट पुगेर मुर्ति वनाउन सुरु गरेको बताउनुभयो ।
भित्ते लेखन र साइनवोर्ड तथा व्यानर लेखनमा निकै राम्रो क्षमता भएका नेपालीले अहिले मुर्ति र सालिक वनाउने काममा झन अव्वल कला देखाइरहनुभएको छ । एउटा मुर्ति या सालिक वनाउन १० दिन लाग्ने गरेको बताउने नेपालीले महिनामा एक लाख कमाइ गर्ने गरेको बताउनुभयो । गएको भदौ देखि अहिले सम्म विभिन्न ५३ वटा मुर्ति तथा सालिकहरु वनाइसकेको र ती मुर्ति र सालिक वेचेर रु ५लाख वढी आमदानी गरिसकेको नेपालीले बतानुभयो ।
चित्रकलामा समेत पोख्त नेपालीले देवीदेवताका चित्रहरु दुरुस्तै निकाल्ने निर्माण गर्नुहुन्छ । मुर्तिकला सम्वन्धी कुनै सीप र औपचारिक ज्ञान नलिएका नेपालीले आफुले गर्छु भनेर सोचेको काममा उत्साह र हिम्मतका साथ लागेको हुनाले सवैले पत्याउन सक्ने गरि काम देखाउन सकेको बताउनुभयो । अव आफनो मुर्ति र सालिक बनाउने तथा चित्र कोर्ने कामलाइ व्यावसायिक रुप दिएर स्थानीय युवाहरुका लागि रोजगारी सिर्जना गर्ने तयारीमा आफु रहेको नेपालीले बताउनुभयो ।
गाउँका स्थानीय युवाहरुलाइ यो सीप सिकाएर आफनो व्यवसायलाइ व्यापक बनाउने तयारी गर्दैछु उहाँले भन्नुभयो । हरिभक्तले बनाएका कुनै पनि मुर्ति, सालिक र चित्रहरु कुनै प्रख्यात मुर्तिकार र चित्रकारलाइ समेत माथ खुवाउने खालको भएको छेडागाड नगरपालिकाका स्थानीय चन्द्रवहादुर थापाले बताउनुभयो ।
आफुले वनाएका मुर्ति र सालीकहरुको मुल्य उचाइका आधारमा तोक्ने गरेका छन् । हरिभक्तका अनुसार ५ फीट अग्लो मुर्तिको मुल्य रु २५ हजार, ४ फिट अग्लो भए रु २० हजार र ३ फीट अग्लो भए रु १५ हजार रुपैयाँमा विक्रि हुने गरेका छन् । स्थानीय सामाग्रीहरु, ओपीसी सिमेन्ट, फलामका छड लगाएतका वस्तुहरु प्रयोग गरेर आफुले मुर्ति र सालिक बनाउने गरेको नेपालीले बताउनुभयो ।
आफुलाइ मुर्ति वनाउनकै लागि सुर्खेत नेपालगन्ज लगाएतका स्थानहरुमा वोलाउने गरेपनि आफुलाइ जाजरकोटमै वसेर व्यवसाय गर्न मन लागेको नेपालीको भनाइ छ ।
श्रीमतिको साथ र प्रेरणाले आफुले मुर्तिकलाको व्यवसायमा सफलता पाउदै गएको नेपालीको भनाइ छ । छेडागाड नगरपालिकाका नगरप्रमुख लालवहादुर महताराले नेपालीको मुर्ति वनाउने कलालाइ स्थानीय युवाको रोजगारीको माध्यम वनाउन आवश्यक रहेको बताउनुभयो ।
https://www.facebook.com/haribhakta.nepali










