धमाधम पक्राउ पर्दै जुवाडे, के हुन्छ कारबाही

देशका विभिन्न भागमा गैरकानूनी रूपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एक सय बढी मानिस पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन, दाङ, बारालगायतका जिल्लाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

चितवनबाट २० जुवाडे पक्राउ

पूर्वी चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा कयर खोलाको छेउमा रहेको एउटा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । उनीहरूको साथबाट रु एक लाख ९१ हजार बरामद भएको प्रहरीले जनाएको छ ।

आठ जना पक्राउ

दाङको लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट प्रहरीले रु छ लाख ७८ हजार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोदविक्रम शाहकाअनुसार पक्राउ पर्नेमा जुवा खेलाउने श्रेष्ठ, लमही नगरपालिका–८ का प्रकाश खड्का, सोही ठाउँका कर्णबहादुर बुढाथोकी, खिम पुन, अशोककुमार खड्का, लमही नगरपालिका–३ का अमरबहादुर तामाङ, वडा नं ६ का भिविराज किराती र लमही–५ का मुकेश चौधरी छन् ।

इलाका प्रहरी कार्यालय लमहीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइने शाहले बताए ।

जुवा खेल्ने १७ जना पक्राउ

जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले सोमबार राति १७ जनालाई पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु दुई लाख ८२ हजार बरामद गरेकोे प्रहही नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिं अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुङ्गा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेतलगायत छन् ।
कौडा खेल्ने २८ जना पक्राउ

प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो ।

देवचुली नगरपालिका–१३, दलदलेस्थित देवचुली पार्टी प्यालेसबाट कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
पक्राउ पर्नेमा अम्मर गुरुङ, विजय शाही, शम्भु रानाभाट, नेत्रनारायण पोख्रेल, दिलबहादुर टण्डन, कृष्णकुमार श्रेष्ठ, मेघराज शर्मा, रोशन भण्डारी, तिलककुमार आले, ठाकुरप्रसाद पोख्रेल, वीरेन्द्र बस्नेत, सुमन आले, अञ्जान बस्नेत, सलमान मिया, बाबुराम चापागाईं, प्रकाश न्यौपाने, मन विक, शिव बानियाँ, सुभाष ओझा, भूमि भण्डारी, मनबहादुर कुमाल, रामप्रसाद अर्याल, शरद पौडेल, ऋषिराम सुवेदी, नवराज शर्मा, सूर्य घिमिरे, अरुणबहादुर चौधरी र शौरभ खनाल छन् ।

उनीहरूका साथबाट प्रहरीले रु पाँच लाख ८० हजार बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

बाँकेबाट पनि समातिए ९ जुवाडे

बाँके प्रहरीले रु तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडेलाई कोहलपुरबाट पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पताल रहेको भवनको तेस्रो तलामा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ बजे जुवा खालबाट नगद र खेलमा प्रयोग भएको तास बरामद गरी जुवा खेलमा संलग्न नौ जना जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए। चाडपर्वमा हुने जुवा तास नियन्त्रणको लागि बाँकेमा प्रहरीले जुवाडेविरुद्धको अभियान सञ्चालन गरेको छ ।

पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । तिहारमा ठूला जुवाडे बढी सक्रिय हुने भएकाले त्यसविरुद्ध अभियान चलाइएको उनको भनाइ छ ।
६ जुवाडे पक्राउ

बारा प्रहरीले जिल्लाको प्रसौनी गाउँपालिका ६ स्थित बेलहिया टोलबाट ६ जुवाडेलाई पक्राउ गरेको छ।
जुवा कौडा खेलिरहेको भन्ने प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले नगद ७ हजार ५५० कौडा १६ थान सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमाप्रसौनी ६ बेलहिया टोलका मोतिलाल ठाकुर, पन्नालाल साह , किरण कुमार पडित, अजय कुमार पडित, रामएकबाल प्रसाद साह र दिनानाथ प्रसाद तेली रहेका छन् ।

भक्तपुरबाट पनि समातिए
भक्तपुर प्रहरीले जुवा खेल्ने कार्यमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोमबार सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रामचन्द्र खतिवडाको घरबाट ८ जनालाई तासको खालबाट नियन्त्रण लिएको छ।

उनीहरुको साथबाट प्रहरीले दुई लाख ३७ हजार पाँच सय रुपैया र १ बुक तास समेत बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी रेवती रमण पोखरेलले जानकारी दिए ।

त्यसैगरि चाँगुनारायण ९ ताथली बस्ने तिर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा घरधनि सहित ६ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथथबाट ६३ हजार ३ सय ४२ रुपैया र ३ बुक तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

तिहारअघि नछुट्ने भए भीआईपी जुवाडे
राजधानीको महाराजगन्जस्थित एक जुवा खालबाट पक्राउ परेका जुवाडेहरुको तिहार प्रहरी हिरासतमै हुने भएका छन् ।
उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुन सकेन र उनीहरु प्रहरी हिरासतमै रहने भएका हुन् ।
सोमबार एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

शनिवार राती ती जुवाडेहरु रङ्गेहात पक्राउ परेका थिए भने उनीहरुको साथबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेकसमेत बरामद भएको थियो ।

यति धेरै परिमाणमा नगदसहित जुवाडे पक्राउ परेको सम्भवतः यो पहिलो पटक भएको बताइएको छ।

जुवाडेमाथि के हुन्छ कारबाही

 मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको व्यवस्था छ ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ।
उपनिर्वाचनमा अन्तर्घात भए असह्यः देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमबार दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताए ।

उनले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको पनि बताए ।

सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौँ, नवलपरासी ९पूर्व०, सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जना तथा मोरङमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ, पाल्पा, सङ्खुवासभा, बझाङ, मकवानपुर, पर्सा, रौतहट, सोलुखुम्बु, बाँके, उदयपुर, ताप्लेजुङ र धनुषाका विभिन्न स्थानमा भएका आगलागीका घटनामा रु दुई करोड एक लाख ५० हजारबराबरको धनमाल नष्ट भएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–५ कोठेबारीका युवराज गिरीको घरमा दिपावली गर्न बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा घरभित्र सुतिरहेका उनका चार वर्षीय छोरा युसन गिरीको घटनास्थलमै जलेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित ‘टिरान्सा म्यानपावर’ को कार्यालयमा विद्युत् चुहावट भई सोमबार बिहान आगलागी हुँदा रु १५ लाख बराबरको फर्निचरलगायत धनमाल नष्ट भएको छ ।

स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता आउने

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पु¥याउन नयाँ आचारसंहिता ल्याउने भएको छ । नेपालमा स्वास्थ्यसित सम्बन्धित खोज, अुनसन्धानलाई विश्वस्तरमा पु¥याउन र मान्यता दिन आचारसंहिता ल्याउन लागेको परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् १९५५, सन् २००१ र सन् २०११ मा अनुसन्धानको आचारसंहिता जारी गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र आचारसंहिता आउने छ । आचारसंहितामा अनुसन्धानको प्रस्ताव लेखनदेखि अनुुसन्धानका प्रत्येक चरण तथा अनुसन्धानका नतिजासम्मलाई ध्यान दिइएको बताइएको छ । हाल परिषद्ले तयार पारेको आचारसंहिताको मस्यौदालाई स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन तथा स्वास्थ्य अनुसन्धानको साझा संस्था फोरम अफ इथिकल रिभ्यु कमिटिज इन एसिएन एण्ड वेस्टर्न प्यासिफिक रिजन ९फरक्याप० का प्रतिनिधिहरूले अध्ययन गरिरहेका जनाइएको छ ।

भाइटीकाको शुभसाइत बिहान ११ः५५बजे

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाउने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । उनले भाइटीकाको शुभसाइत मध्यान्ह ११ः५५ मिनेटमा रहेको पनि जानकारी दिए ।
मनाइयो महालक्ष्मीपूजा

यमपञ्चक अर्थात् तिहारको चांैथो दिन सोमबार पनि ऐश्वर्य, धनधान्य र सम्पन्नताकीदेवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

सोमबार बिहान ९ः४३ बजेसम्म औँसी तिथि थियो । धेरै मानिसले आइतबार साँझ नै लक्ष्मीपूजा गरेका थिए । केही समुदायले भने सोमबार लक्ष्मीपूजा गरेका छन् । विशेषगरी नेवार समुदायका मानिसले लक्ष्मीपूजा, नेपाल संवत् ९नयाँवर्ष० र आत्म ९म्ह० पूजा एवं भाईटीका तीन दिन क्रमशः गर्ने परम्परा भएको तर्क गर्दै सोमबार लक्ष्मीपूजा गरेका हुन् ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा सोमबार बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । सोमबार विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

सोमबारको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि सोमबार साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने गरिन्छ । सोमबार घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।

घरका अलावा व्यापारिक प्रतिष्ठानमा सोमबार विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख शहर उज्यालोले झिलिमिली बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको अध्यक्ष ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

आरोहणमा कीर्तिमान

म्याग्दीका निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । सोमबार चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सात महीनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका ह्न् ।

सोमबार उनले विश्वकै चौथो अग्लो सिसापङ् ९८,०२७ मि० हिमाल आरोहण गरेका हुन् । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोके पनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै विशेष अनुमति दिएको थियो ।
भारतमा तीन नेपाली मजदूरको हत्या

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरूको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थान निवासी २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए । उनले भने, “उनीहरूलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बीरा सहदोर भाइ हुन् ।

उनीहरूले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ छ।

काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार नेकपामा प्रवेश

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन् ।

नेकपा वडा कमिटीले आयोजना गरेको शपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा नव प्रवेशीहरूलाई स्वागत गर्दै सांसद दामोदर भण्डारीले सरकारले थालेको समृद्धिको यात्रामा सहभागी हुन आग्रह गर्नुभएको जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!