पर्यटन प्रवद्धनका लागि ब्यास ऋषि तिर्थस्थल संरचना निर्माण , मन्त्रीले गरे हेलिकोप्टरबाट अनुगमण

हेमन्त केसी
जाजरकोट ,  धार्मीक तथा पर्यटनका रुपमा स्थापित डोल्पाको काईके गाउँपालिका –६र७ बीचमा रहेको बन खाडा स्थित ब्यास ऋषि तिर्थस्थलमा संरचना निर्माण गरिएको छ ।
रु ३० लाखका संरचना निर्माण गरिएको छ भने १०८ बटा धाराका साथै सडक निर्माण गर्न बाँकी रहेको छ । सदरमुकाम दुनैबाट ६ घण्टा पैदल दुरीमा रहेको उक्त तिर्थस्थलमा जाजरकोट , रुकुमबाट समेत तिर्थयात्रुहरु जाने गरेका छन् ।
ब्यास ऋषी तिर्थ स्थलमा रु १० लाखमा मन्दिर र रु २० लाखमा बास बस्नका लागि घर निर्माण गरिएको हो । संघ र कर्णाली प्रदेश सरकारले संयक्त रुपमा मन्दिर र वासस्थल निर्माणका लागि सहयोग गरेसँगै यहाँ आउन र जान सहज भएको छ । मन्दिर र आवास निर्माणले तिर्थालुलाई वास , पुर्जाआजाका लागि सहज भएको काइके गाउँपालिका – ७ का वडा अध्यक्ष रामचन्द्र रोकायले जानकारी दिनुभयो ।


निर्माण गरिएका ती संरचनाहरुको हेलिकोप्टरमा तिर्थस्थल पुगेर अनुगमण गरेका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासंरचना राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । परापुर्वक काल देखी नै हिन्दुहरुको पवित्र धार्मिक तथा तिर्थ स्थलका रुपमा परिचित हुंदै आएको ब्याष ऋषि तिर्थ स्थलमा १ कोठाको मन्दिर निर्माण भएको छ भने उक्त तिर्थ जाने भक्तजनलाई बास बस्नलाइ सहज होस भनि ५ कोठाको आवास निर्माण गरिएको छ । यो ब्यास ऋषि तिर्थ स्थल डोल्पाको ऐतिहासिक महत्व बोकेको तिर्थ स्थल हो ।
पवित्र र बहुचर्चित ब्यास ऋषी तिर्थमा स्नान गर्न जाने बेलामा तिर्थालुहरुलाइ बास बस्न समस्या हुने गरेको थियो । तिर्थालुहरु बास बस्न समस्या न होस् भनि ब्याष ऋषि भन्दा तल बीच बाटोमा ५ कोठाको धर्मशाला निर्माण गरिएको हो । अब तिर्थ जांदा बास बस्न पुजापाठ गर्न सहज हुने भएपछि स्थानीयहरुमा खुशी छाएको छ । यस्ता ऐतिहासिक पर्यटकिय धार्मीक एवम सांस्कृतिक महत्व बोकेका सम्पदाहरुको संरक्षण गर्नु आजको आबश्यकता भएको रोकायले बताउनुभयो । १०८ धारा समेत निर्माण गर्ने योजना रहेको रोकायले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!