तिहारमा प्लास्टिक मालाले जाजरकोट ,जुम्ला र डोल्पाका वजार कव्जा

जाजरकोट ः तिहारमा हजारी , मखमली लगाएतका मालाहरु प्रयोग हुँनुपर्ने हो तर जाजरकोट र डोल्पामा प्लास्टिकबाट निर्माण गरिएका मालाले मानिसको ध्यान तानेको देखिन्छ ।

पछिल्लो समय बढ्दो आधुनिकता सँगै फुलको माला प्रयोगमा कमी आउदा वजार खरिद गर्न पाई प्लास्टिकको माला तर्फ सवैको ध्यान जाँदा प्रकृतीको बरदानका रुपमा रहेको हजारी, मखमली , सयपत्री लगाएतका मालाको उत्पादन हुँन छाडेको हो ।

डोल्पामा उपल्लो डोल्पामा तिहार कमैले मनाउने गर्दछन् । तल्लो र मध्य डोल्पामा भने राम्रै रुपमा फूल उत्पादन गर्न सकिन्छ तर फुल उत्पादनमा खासै स्थानीयहरुले वास्ता गर्दैनन् । आफ्नो बारीमा फूल हुंदा हुंदै पनि बजारको मालामा भर पर्ने गर्दछन् ।
अनि दुनै जुफाल, त्रिपुराकोट लगाएका बजारहरुमा वितरणको लागि बाहिर बाट ल्याइएका मालाहरुको माग बढेको छ । । जताततै प्लास्टिकका बजारमा पाईने मालाले बजार रङगी, बिरङी भएका छन् ।

तिहारको लागि धेरैले प्लास्टिकका मालाहरु नै किनेर दाइ भाइलाइ लगाइदिने गरेका छन् । मखमली, सयपत्री लगायतका पूmलका मालाहरु कतै कतै मात्र देखिने गरेका छन् । बजारमा फूलका माला बेच्न राखेको कंही कतै देखिदैन । बजारका प्रायः पासलहरुमा प्लास्टिकका रंगीचंगी मालाहरु झुण्ड्याएर बजारै रंगीचंगी बनाएको देखिन्छ ।

जुम्ला ः नेपालीको महान् दोस्रो चाडपर्व तिहारका बेला जुम्लाका साना ठूला बजार कृतिम फूलले भरिभराउ छ । यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाइँदैन, स्थानीयबासी पनि कृतिम फूलकै भर पर्ने गरेका छन् । यहाँका बासिन्दा पहिले आफँै घरका खेतबारीको फूल तिहारमा घरायसी प्रयोगका लागि सयपत्री फूल रोप्ने गर्दथे तर कर्णाली राजमार्गले जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सबै कृतिम प्लाष्टिकका फूलको भर पर्ने गरेका हुन् ।

सदरमुकाम खलङ्गाका हरेक पसलमा प्लाष्टिकका माला बिक्रीका लागि राखिएका छन् । स्थानीयवासी सयपत्री फूलको साटो प्लाष्टिकका माला भित्रिन थालेपछि यहाँका बासिन्दामा परनिर्भरता बढेको हो ।तातोपानी गाउँपालिका–२ का मुनबहादुर डाँगीका अनुसार पछिल्ला तिहारमा सयपत्री फूलको माला भेटिन छाडेको छ । उहाँले भन्नुभयो, “पर्याप्तरुपमा फूल रोप्न सके जुम्ला फूलमा आत्मनिर्भर बन्ने सम्भावना निकै छ तर हरेक तिहारमा भित्रिने प्लाष्टिकका मालाका कारण फूलको खेती गर्न किसान निरुत्साहित भएका हुन् ।”

१० लाख बराबरको कृतिम माला

मौसममा आएको परिवर्तनका कारण फूल फूल्ने क्रममा पनि फेरवदल भएको छ । समयमै तुसारो पर्ने गरेकाले फूलेका फूल पनि सुक्दै जान थालेको छ । तिहारसम्म बारीमा देखिने फूल सुक्दै जान्छन्, उहाँले भन्नुभयो, फूलको रेखदेख र हेरचाह गर्न सके प्लाष्टिकका माला भित्र्याउनुपर्ने अवस्था छैन । वर्षेनी रु सातदेखि रू १० लाखसम्मको फूल जुम्लामा भित्रिने गरेको व्यवसायीहरू बताउँछन् ।

अहिले जुम्ला बजार प्लाष्टिकका फूलले रङ्गिएको र फूल किन्ने दिदीबहिनीको घुइँचो लाग्न थालेको छ । बजारमा प्लाष्टिकको माला न्यूनतम रु ४० देखि १५० सम्म किनबेच भइरहेको छ । यहाँ गुलाब, सयत्रपीलगायत सयौँ थरीका फूल छन् तर पनि दिदीबहिनी प्लाष्टिककै माला दाजुभाइलाई लगाइदिन उत्साहित हुन्छन् अर्का स्थानीयवासी मानबहादुर रावतले भन्नुभयोे, “दाजुभाइ पनि प्लाष्टिक माला लगाइदिँदा खुुशी महसुस गर्छन् । यो नै ठूलो समस्या हो । जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा फूलखेतीको सम्भावना छ तर फूलखेती गर्न किसान उत्साहित छैनन् ।




सम्बन्धित समाचार


error: Content is protected !!