राति १० बजेपछि देउसीभैलो निषेध

जाजरकोट ः जिल्ला प्रशासन कार्यालय जाजरकोटले राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ । नेपालीको महान् चाड तिहारलाई हर्षोल्लास, भव्य, मर्यादित र अनुशासित तरिकाले मनाउनलाई विशेष योजना लागू गरिएको प्रशासनले जनाएको छ ।
रातको समयमा देउसीभैलोको बहानामा उच्छृङ्खल गतिविधि हुनसक्ने भएकाले यस्तो योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । साथै रातको समयमा मदिरा सेवन गरी होहल्ला हुने भएकाले तोकिएको समयभन्दा पछि देउसीभैलो खेलिएको थाहा पाइए कारबाही गरिने उहाँले बताउनुभयो ।










