उपल्लो डोल्पाबाट जर्मन नागरिकको उद्धार

जाजरकोट ,  डोल्पामा लेक लागेर विरामी भएका दुई जना जर्मन नागरिकलाई उद्धार गरिएको छ । माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागेका कारण विरामी भएका २ जना जर्मन नागरिकलाई शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।
माथिल्लो डोल्पा अवलोकन गर्न गएका २ जना जर्मन पर्यटकहरु छार्का ताङसोङ गाउँपालिका स्थित मुकोट ताल ताथ सुला ताल भनेर चिनिने तालसम्म पुगेका बेला लेक लागेर बिरामी परेका हुन् ।
उद्धार गरिएका बिरामी विदेशी पर्यटकहरुको उद्धार अनुमति पत्रको फोटोकपी नबुझिने भएकाले नाम भन्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक खस्टप्रसाद खकुरेलले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!