पुर्व शान्ति मन्त्री पहाडीद्धारा तिहारको शुभकामना

पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री एवं प्रतिनिधिसभा सदस्य सत्य पहाडीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहार पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा मन्त्रीले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको बताउनुभएको छ ।
पहाडीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको सन्देशमा उल्लेख गर्नुभएको छ । तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ पहाडीले तिहार पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।








