औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो ?

एजेन्सी ः हामीले सुनेकै , बुझेकै छौं ? डाक्टरको सुझाव बिना औषधि खानु हुँदैन। व्यवहारमा यो लागू नगर्नेहरू भने धेरै छौं।
टाउको दुखेदेखि झाडावान्तासम्म कुन औषधि खाने भन्ने धेरैलाई कन्ठ भइसकेको छ। यति थाहा नहुनेहरूका लागि अर्का विज्ञुमेडिकल सञ्चालकु हुन्, हाम्रा डाक्टर उही।
यसरी जथाभावी औषधि किनबेच र खाने गर्नुहुँदैन भन्ने हामीले नबुझेको होइन। डाक्टरहरूले पनि भन्छन्। अझ हरेकजसो औषधिमा लेखिएको हुन्छ।
यति मात्रै होइन, जथाभावी खाँदा गम्भीर जोखिम आइपर्ने सम्भावना भएका औषधिमा त विशेष संकेत पनि हुन्छ। तपाईंले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ, दुखाइ कम गर्ने कडा औषधि र एन्टिबायोटिक्समा विशेषगरी। यिनको खोलमा पनि यस्तो धर्सा हुन्छ।
यो भनेको के त औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो ? डाक्टरको सुझाव वा प्रेसक्रिप्सनबिना खान नहुने।
हालै भारतको स्वास्थ्य मन्त्रालयले पनि यसबारे जानकारी दिँदै जथाभावी औषधि नखान सुझाएको थियो।
मन्त्रालयको ट्विटरमा ुरातो धर्का भएका औषधि डाक्टरको सल्लाह बिना नखानुस्। तपाईं जिम्मेवार भए औषधिले पनि राम्रो काम गर्छ।ु
मुम्बई मिररका अनुसार खासमा यो रातो धर्सा भएको औषधि मेडिकल पसलहरूमा पनि डाक्टरको सुझाव लेखिएको पत्रबिना बेच्न पाइँदैन।
त्यसैले ध्यान पुर्याउनुहोस्, चेतावनीसहित आएको औषधि यसै खाँदा ज्यानलाई राहतको साटो जोखिम बढी होला ।








