दुनै बजार तिहारको चहलपहल बढ्दै

लेख बुढा,


डोल्पा  , डोल्पाको सदरमुकाम दुनैमा तिहारको चहलपहाल बढ्दै गएको छ । नेपालीहरुको महान ठुलो चार्ड विजय दशमी सकिए लगतै दोस्रो ठुलो चार्ड तिहारको चहलपहल दुनै बजारमा बढ्दै गएको हो । विजय दशमीको समयमा शुनसान देखिएको डोल्पाको सदरमुकाम दुनै बजार तिहारमा भने बजार झिलिमिलि देखिएको छ । तिहारको लागी सामान किन्ने मान्छेहरुको भिड्लाग्न थालेका छन् ।
डोल्पाको ठुलीभेरी नगरपालीका ३ मा पर्ने सदरमुकाम दुनै बजारमा सोही नगरपालीका भित्र पर्नेथाला,लोचा,तिप्ला,रह,परिला र काईके गाउपालिका का विभिन्न गाउँहरुका स्थानीयहरु आवश्यकिय सामग्रीहरु किनमेलका लागि दुनै बजारमा पुग्ने गर्दछन । दशैको समयमा भन्दा तिहारको समयमा अलि धेरै व्यापार हुने त्रिपुरा भेराईटी एण्ड अडर सपलार्यस्का नारायण अधिकारीले बताउनु भयो ।
यस्तै नेपालीहरुको दोस्रो ठुलो चार्ड तिहार नजिकीदै गर्दा सदरमुकाम दुनै लगायत डोल्पा जिल्लाका विभिन्न गाउँहरुमा स्थानीय यूवा,विधाथी,कर्मचारीहरु देउसी भैलो खेल्न तयारीमा रहेका छन् । केहि समय देखि डोल्पामा देउसी भैलो नाच्दै आएपनी स्थानीय लोकसास्कृती भने हराउदै गएको डोल्पाका सास्कृतिक जानकारहरुको भनाई छ । यो बर्षको भाईटीकाको साईत यहि कार्तिक १२ गते ११ बजेर ५५ मिनेटमा रहेको छ ।





error: Content is protected !!