काम चोर शिक्षकलाई तह लगाउछौँ ः ईकाई प्रमुख डाँगी

लेख बुढा ःविद्यालयमा भन्दा व्यक्तिगत काममा ध्यान दिई बालबालिकाको भविश्वमा खेलवाड नगर्ने शिक्षकलाई तह लगाउने शिक्षा विकास तथा समन्वय ईकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताउनु भयो ।

दुई शैक्षिक सत्रमा पढाई हुँने डोल्पामा बिभिन्न वहानावाजी शिक्षणमा ध्यान नदिने शिक्षकलाई कुनै हालतमा नछोडिने उहाँको भनाई छ । भौगोलीक विकट्ताको समस्या देखाउदै कतिपय शिक्षकहरुले विद्यालयमा नपढाएको तर तलव भत्ता भने खुरुखुरु वुझने गरेको सूचना पाएको भन्दै उहाँले भन्नुभयो , “ शिक्षक सेवा आयोगको खुला प्रतियोगीताबाट सफल भएका नि मा वि तहका शिक्षकहरुलाई नियूक्ति दिई सकेको र प्रा वि तहका शिक्षकहरुलाई कात्तिक अन्तिम साता सम्मा नियूक्ती दिन लागेको छौँ , विद्यालय नगएर आफ्नो काममा व्यस्त हुने शिक्षकलाई अवको केही समय भित्रै कारवाही गरिने छ , । ”

जिल्लाको उपल्लो डोल्पामा कार्यरत शिक्षकहरुले विद्यालय नपढाएर तलव , भत्ता लिने गरेको भन्दै उहाँले त्यस्ता शिक्षकलाई सरुवा गरीने र अस्थायी शिक्षकलाई निलम्वन गरिने उहाँको भनाई छ ।





error: Content is protected !!