विप्लव समुह खोज्ने केन्द्रीय स्तरको अप्रेशन असफल

जाजरकोट ः सरकारले जाजरकोटमा विप्लव समुहका नेता कार्यक्रता खोज्न केन्द्रीय स्तरको अप्रेशन सञ्चालन गरेपनि त्यो पुरै असफल भएको छ । जिल्लामा सवै ठाउँमा जिल्ला , प्रदेश र संघ सरकारबाट आएका सुरक्षाकर्मीहरु विप्लव समुहका एक जना कार्यक्रता पनि पक्राउ गर्न नसकेर फर्किएका छन् ।
अप्रेशन चल्दै गर्दा बारेकोट गाउँपालिका – २ मुलसाम स्थित वडा कार्यालय विप्लव समुहका कार्यक्रताले जलाएका थिए । विप्लव समुहका नेता तथा कार्यक्रता जिल्लामा कति छन् भन्ने सम्म प्रहरी सँग सूचना नहुँदा काम प्रहरी अप्रेशनमा असफल देखिएको हो ।
विप्लव समुहले अहिले जिल्लाका बिभिन्न ठाउँमा भ्रष्टाचार चुलुम्प डुवेका , एकै व्यक्ति धेरै पटक उपभोक्ता समितिमा बसेका र सत्तापक्षका जनप्रतिनिधीलाई आक्रमणको तारो बनाउदै आएको छ ।
पक्राउ पर्छन् , पार्टी त्यग्ने कागज गदै छुट्छन्
जाजरकोटमा एक दजैन विप्वल समुहका कार्यक्रता पक्राउ पदै पार्टी त्यग्ने लिखित कागज गदै छुट्ने गरेका छन् । लिखित कागज गरेर छुटेका व्यक्तिले नै सदरमुकाममा वसेर सजिलै विप्लव समुहका नेतालाई सूचना दिने गरेको सत्तारुढ दलको आरोप छ ।
सूचना नदिदा काम गर्न समस्य
सत्तारुढ दलका नेता , जनप्रतिनिधिले नै मोटो रकम विप्लव समुहलाई बुझाएर सहयोग गरिरहेको प्रशासनको आरोप छ । सरकारी गाडीमा विप्लपका कार्यक्रता वोकेर हिड्ने गरेको सूचना समेत पाएको प्रशासनको आरोप छ । चन्दा नदिए हामीलाई गाउँ बस्न समस्य हुँने भन्दै सूचना दिएर झन असुरक्षित हुनु पर्ने अवस्थाले गर्दा आफुहरु चुप लागेको कर्मचारी, जनप्रतिनिधिको भनाई छ । प्रहरी , प्रशासनलाई राजनीतिक दल , जनप्रतिनिधिले सहयोग नगरेको आरोप लगाउँदै आएका छन् ।
बारेकोट गाउँपालिकाको लिम्सामा हुँने नेपाल कम्युनिष्ट पाटी (नेकपा)को गाउँ कमिटिको सपथ ग्रहण गराउन हिडेका नेता माथी आक्रमण भएको छ ।








