गरिब र विपन्‍नले मात्र अनुदान पाउने कृषि मन्त्रीको दाबी

सल्यान : कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरिब र विपन्न समुदायिलाई मात्र अनुदान दिने बताएकी छन्।

सरकारले दिँदै आएको अनुदान समाजका टाठाँवाँठाले उपयोग गर्ने तर गरिब र विपन्न समुदाय वञ्चित भइरहने अवस्थाको अन्त्य गरिने बताइन्।
बुधबार कुमाख साना किसान सहकारी संस्था कुमाख गाउँपालिका ३ रागेचौरमा प्रारम्भिक साधारणसभामा बोल्दै मन्त्री केसीले गरिब र विपन्न समुदाय राज्यको पहुँचबाट अहिले पनि विमुख भइरहेको बताइन्।

उनले भनिन् ‘प्रदेश भरी विपन्न र गरिब लक्षित ४० कार्यक्रम ल्याएका छौँ जसका लागि १६ करोड बजेट पनि विनियोजन भइसकेको छ।’ दलित र विपन्न बस्ती छनौट गरिएको बताउदै पदेश सरकारको प्रवक्तासमेत रहेकी केसीले उनीहरूको जीवन बदल्ने कार्यक्रम गर्ने दावी गरिन्।
कुनै पावरका आधारमा अनुदान पाउने भन्दा पनि सरकार सिधै गरिब र विपन्नको घरमा पुग्ने उनको भनाइ छ। लक्षित समुदायको आवश्यकता र चाहनाअनुसार कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।




सम्बन्धित समाचार


error: Content is protected !!