डाेल्पामा माेटरसाइकल दुर्घटनामा १ काे मृत्यु १ घाइते

डाेल्पा । डाेल्पामा माेटरसाइकल दुर्घटनाहुँदा एक जनाकाे मृत्युु भएकाे छ ।
भे ८ प ९१६५ काे माेटरसाइकल दुर्घटनामा परेर २४ बर्षिय ज्ञानबहादुर बुढाकाे मृत्युु भएकाे हाे ।
अाज बिहान ८ बजेतिर भएकाे दुर्घटनामा मृतक बुढासँगै पछाडि बसेका बर्ष २४ का काजिमान बिक घाइते भएकाहुन् ।
घाइते बिककाे चिँउडि र दायाँ घुट्टमा चाेट लागेपनि स्वास्थ अवस्था सामान्य रहेकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारका अनुसार त्रिपुराकाेटबाट दुनै जाने क्रममा त्रिपुरासुन्दरी नगरपालिका ३ मा पर्ने भित्तिमा दुर्घटना भएकाे हाे ।दुबै जना त्रिपुराकाेट बजारबाट सामान किनेर दुनैजाने क्रममा घटना घटेकाे बताइएको छ ।
डाेेल्पामा माेटरसाइकल दुर्घटना भएर ज्यान गुमाएको पहिलाे घटना भएकाे बताउँदै तिब्र गतिका कारण दुर्घटना भएकाे हुनसक्ने उनले बताए ।
क्षतिपूर्तिकाे बिषयलाई लिएर परिवारले शव बुझ्न नमानेको र पाेष्टमाडम नभएको प्रहरीले जनाएको छ ।
बुढा र विकले सवारी अनुमतिपत्र बिना माेटरसाइकल चलाएकाे भन्दै मंगलबार जरिवाना गरेकाे प्रहरीले जनाएको छ ।
हालसम्म डाेल्पामा सवारी दुर्घटनामा परेर १९ जनाले ज्यान गुमाइसकेकाछन् ।रामचन्द्र न्याैपाने










