चौरी स्रोत केन्द्र स्थापना

डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका ११ वंतडीको घोराखोर स्थित चौरी चौरी स्रोत केन्द्र स्थापना गरिएको छ ।
चौरी फर्म बन्द भएको २६ वर्ष पछि घोराखोरमा चौरी स्रोत केन्द्र स्थापना भएको कर्णाली प्रदेश सभा सदस्य बीरबहादुर शाहीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश कृर्षि विकास तथा सहकारी मन्त्रालयले रु १ करोड बजेटबाट स्रोत केन्द्र स्थापना भएको शाहीले जानकारी दिनुभयो ।
विसं २०३६ सालमा स्थापना भएको चौरी फर्म २०५० खारेज गरिएको थियो । कर्णाली प्रदेश सरकार कृर्षि विकास तथा सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यलय डोल्पा मार्फत पुनः चौरी स्रोत केन्द्रको रुपमा चौरी फर्म स्थापना गरीएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका ११ स्थानीयवासीले चौरी स्रोत केन्द्रका लागि ३१ वटा चौरीहरु व्यवस्थापन गरिएको छ । ५ हेरालाको व्यवस्थापन गरिएको घोराखोर चौरी स्रोत केन्द्र समितिकी अध्यक्ष देवि घर्तीले बताउनुभयो




सम्बन्धित समाचार


error: Content is protected !!