पार्टीको निर्णय अनुसार नेकपाका नेताहरुमा आक्रमण गरिएको ः इन्चार्ज वली

जाजरकाेट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य निरज आचार्य र कर्णाली प्रदेस समितिका सदस्य डम्वरवहादुर सिंह माथि वुधवार विहान भएको आक्रमण पार्टी निर्णय अनुसार भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जाजरकोट इन्चार्ज प्रेमप्रकास वली धमिलले जनाएका छन् ।

गाउँमा सत्तारुढ दलका गतिविधिहरुलाइ प्रतिवन्ध लगाउने आफुहरुको निर्णय अन्तरगत सत्तारुढ नेकपाका नेताहरु सिंह र आचार्यलाइ पार्टीको युवा संगठनका कार्यकर्ताहरुले कारवाहि गरेको वलीले वताए ।नेकपा नेतृत्वको सरकारले आफनो पार्टीलाइ प्रतिवन्ध लगाएकोले आफुहरुले पनि सत्तारुढ दलका गतिविधिहरु गर्न नदिने निर्णय गरेको इन्चार्ज वलीले वताए ।

सत्तारुढ दलका अध्यक्ष केपी वली नै सरकारको प्रम्ुाख भएकोले पुर्व एमाले प्रति आफुहरु आक्रामक भएका वताउदै इन्चार्ज धमिलले पुर्व माओवादीका नेताहरुलाइ पनि गाउँ प्रवेशमा अवरोध गरिने वताए ।हामीलाइ पनि खुल्ला रुपमा कार्यक्रम गर्न राजनैतिक गतिविधि गर्न दिनु परयो नत्र भने हामीपनि गाउँमा अवरोध गर्छाैं, इन्चार्ज वलीले भने ।जिल्लाको वारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जादै गरेको वेला वारेकोट गाउँपालिका वडा नम्वर ८ लैखम स्थित राहपानी झरना नजिककैको भीरमा केन्द्रिय सदस्य आचार्य र कर्णाली प्रदेस समिति सदस्य सिंहमाथि वुधवार विहान ७ वजे आक्रमण भएको थियो ।

वाटोमा हिडिरहेको वेला एक्कासी विपरीत दिशावाट आएका पाँच जना मध्यका एक जनाले लठठीले कुटेर आफुहरुलाइ घाइते वनाएको सत्तारुढ नेकपाका नेताहरुले जनाएका छन् । घटनापछि नेकपाका नेताहरु दल्लीमा फर्किएका थिए । आक्रमणमा संलग्नहरुको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आफना नेतालाइ विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेको प्रति सत्तारुढ दल नेकपाका नेता कार्यकर्ताहरुले चर्काे विरोध गरेका छन् । सामाजिक सन्जालमा उनीहरुले आफना नेताहरुलाइ आक्रमण गर्ने शैलीको कडा शव्दमा आलोचना गर्दै दोषीलाइ कारवाहि गर्न सरकारसंग माग समेत गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!