दुई स्थानीय तहमा ४० युवा उद्यमी वन्दै, सय प्रतिशत उद्यमीहरुलाई सहयोग गर्ने सरकारको दावी

image

 

जाजरकाेट । जाजरकोटमा बाल गरिबीलाई न्युनिकरण गर्न सदरमुकाम खलंगामा पहिलो चरणमा ४० जनालाई युवाहरुलाई उद्ममशिलता तालिम दिईएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र कुशे गाउपालिका र छेडागाड नगरपालिकाको समन्वय तथा पहाडी क्षेत्र बिकास अभियान र पाँचतारा युवा संरक्ष मञ्च जाजरकोटको व्यवस्थापनमा दुर्व पालिकामा संचान भएका अवशर र सहयात्रा परियोजनाले वाल वालिकालाई उनीहरुको अधिकार सुनिश्चित गराउन स्थानीय नागरिकको जिविकोपार्जन÷बालगरिवी अन्त्यका लागि दुवैपालिकाका ४० जना युवालाई ३ सय ९० घण्टे युवा उद्यमशिलता तालिम मा सहभागी गराइएको हो ।

कान्तिपुर बहुँउदेश्य प्राविधिक शिक्षालय चितवनको सहजीकरणमा ४० जना युवाहरुलाई दिएको युवा उद्यमशिलता तालिम कार्यक्रममा सहभागीता जनाएका मध्य १६ जना डकर्मी र २४ जना सिकर्मी तालिम लिएको पहाडी क्षेत्र विकास अभियानका जिविको पार्जन÷बालगरिवी कार्यक्रम संयोजक महेन्द्र चँन्दले जानकारी दिनु भयो वहाका अनुसार युवा उद्यमशिलता तालिम लिने युवाहरु मध्ये कुशे गाउँपालिका १२ जनाले सिकर्मी र, ८ जना युवाले डकर्मी तालिम लिएका छन् ।

त्यसैगरि छेडागाड नगरपालिकाका १२ युवाले सिकर्मी र ८ जना युवाले डकर्मी तालिममा सहभागीता जनाएका थिए । करिब ५० दिन बराबरको युवा उद्यमशिलता सिकर्मी तथा डकर्मी तालिम लिएका ४० जना युवालाई मंगलबार खलंगामा आयोजना गरिएको समापन कार्यक्रम मार्फत बिदाई गरिएको थियो ।

युवा उद्यमशिलता तालिम प्राप्त युवाहरुलाई यहि कातिक दोस्रो हप्तामा सिटिभिटीइले लिने परिक्षामा उर्तिणा हुने युवाहरुलाई मात्र तालिमको प्रमाण पत्र पाउने पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटका कोषाध्यक्ष सोना शाक्यको भनाइछ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ जाजरकोट, गैर सरकारी संस्था महासंघ , पत्रकार , घरेलु तथा साना उद्योग विकास समिति लगाएत वाट प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

दुवै पालिकाका ४० युवालाई स्थानीय सरकाले पनि उद्यमी वन्न प्रेरित गर्ने गरि आवश्यक समन्वय समेत गरिएको आयोजकले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!