नेता माथीको आक्रमण प्रति नेकपा जाजरकोटको ध्यानआकर्षण( प्रेस विज्ञप्ती सहित)


जाजरकाेट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्वरवहादुर सिंहमाथि भएको आक्रमण प्रति ध्यानआकर्षण भएको नेकपा जाजरकोटले जनाएको छ ।
बुधबार नेकपा जिल्ला कमिटी अध्यक्ष ढकवीर राणाले प्रेस विज्ञप्ती जारी गर्दै घटना प्रति गम्भीर ध्यानआकर्षण भएको जनाएका हुन । जिल्लाको वारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जादै गरेको वेला विच वाटोमा उनीहरुमाथि आक्रमण भएको हो ।
नेकपाको वारेकोट गाउँपालिका समितिका पदाधिकारीहरुको सपथग्रहण कार्यक्रममा जाने क्रममा सोहि गाउँपालिका वडा नम्वर ८ लैखम स्थित राहपानी झरना नजिककैको भीरमा केन्द्रिय सदस्य आचार्य र प्रदेस समिति सदस्य सिंह माथि आक्रमण भएको हो । दोषीलाई कारबाही माग समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।










