डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता

बैतडी । बैतडीमा डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ ।

सोमबार जिल्लाको दशरथचन्द नगरपालिका –९ ग्वाल्लेकमा डोजरले स्थानीय महिलालाई हुत्याएर फालेको थियो ।

डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारि दिएकाे छ ।

अहिले डोजर चालक बोहरामाथी जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!