सत्तारुढ दल (नेकपा)का केन्द्रीय सदस्य माथी आक्रमण


जाजरकोट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्वरवहादुर सिंहमाथि वुधवार विहान७ वजेतिर आक्रण भएको छ ।
जिल्लाको वारेकोट गाउँपालिकामा हुँने नवगठिन दलका कार्यक्रतालाई सपथ ग्रहण खुवाउनका लागि जाँदै गरेको द्धय नेतामाथी बारेकोट गाउँपालिका ८ रापनी झरना नजिक बीच आक्रमण भएको हो ।
वाटोमा हिडिरहेको वेला एक्कासी विपरीत दिशावाट आएका पाँच जना मध्यका एक जनाले लट्ठीले कुटेर आफुहरुलाइ घाइते वनाएको कर्णाली प्रदेश समिति सदस्य डम्वरवहादुर सिंहले फोनमा जानकारी दिनुभयो ।
सुरुमा डम्वरवहादुर सिंह भन्ने कोहो भन्दै सोधे अनि मैले म हु भन्ने वित्तिकै लठठीले हान्न सुरु गरे सिंहले भन्नुभयो । एमालेका नेतालाइ वेसरी कुटनु पर्छ भन्दै आफु र (नेकपा)का केन्द्रीय सदस्य आचार्यलाइ हिड्न नसक्ने गरि ती युवाले कुटेको सिंहले बताउनुभयो । आफुलाइ विप्लव नेतृत्वको नेकपाको वटालियन कमान्डर वताउने अर्जुन नाम गरेका ती युवाले आफुहरु दुवै जनालाइ एमालेका नेता भनेर गाली गर्दै कुटेको सिंहले बताउनुभयो ।
ती युवाको आक्रमणवाट घाइत भएर हिड्न नसक्ने भएपछि वारेकोटको कार्यक्रममा नगएर आफुहरु दल्लीतिर फर्किएको पनि सिंहले बताउनुभयो । आचार्य पुर्व एमालेको भातृ सस्था युवा संघ नेपालका पुर्व महासचिव हुन भने सिंह पुर्व एमाले जाजरकोटका पुर्व अध्यक्ष हुन् । घटना नियोजित जस्तो देखिएको सिंहले बताउनुभयो ।घटनावारे प्रतिक्रिया दिदै सत्तारुढ (नेकपा) जाजरकोटका अध्यक्ष ढकवीर रानाले घटना निकै दुखद भएको भन्दै दोषीलाइ कडा कारवाहि हुनु पर्ने बताउनुभयो ।
उता जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी श्यामबहादुर खत्रीले घटनावारे वुज्न प्रहरी घटनास्थल तर्फ जादै गरेको बताउनुभयो। घटनामा खास के भएको हो र आक्रमण गर्नेहरु को हुन भन्नेवारे एकिन जानकारी नआइसकेको प्रमुख खत्रीले बताउनुभयो ।
घटनावारे विप्लव नेतृत्वको नेकपाको तर्फवाट कुनै प्रतिक्रिया आएको छैन । फोटो आक्रमणमा परेका नेकपाका नेताहरु सिंह र आचार्य ।










