छैनन, अपाङ्गमैत्री सरकारी कार्यालय, स्टेचरमा बोकेर सेवा लिन पुर्याउँछन् सेवाग्राही

जाजरकोट । भेरी नगरपालिका ११, महतारागाउँका १६ बर्षीय गगन बहादुर महतारा जन्मजात पुर्ण अपाङ्ग हन् । नेपाली नागरिकताको प्रमाण पत्र नहुँदा गगनबहादुर सेवा सुविधाबाट बन्चित छन् ।

सोमवार बाबु कर्णबहादुरले अपाङ्ग छोरालाई नागरिकताको प्रमाण पत्र दिलाउन ५ घण्टा स्ट्रेचरमा बोकाएर जिल्ला प्रशासन कार्यालय पुर्याए । त्यस्तै सोही ठाउका २२ बर्षीय लिलबहादुर कार्की पनि पूर्ण अपाङ्ग हुन् । लिलबहादुरलाई नागरिकता दिलाउन बाबु आइतेले पिठ्युमा ६ घण्टासम्म बोकेर जिल्ला प्रशासन पुर्याए ।
यिनीहरु त प्रतिनिधी पात्र मात्र हुन ।

गगन र लिलबहादुर जस्तै यहाका अपाङ्गलाई सरकारी सेवा पाउन निकै सास्ती छ । जिल्लामा अपाङ्ग मैत्री पुर्वाधार नहँुनु, सडक यातायातको सुविधा नहँुनु लगायत कारण अपाङ्गलाई सरकारी सेवा सुविधा पाउन सास्ती भएको हो । नागरिकता, सामाजिक सुरक्षा भत्ता लगायत पाउन यहाका अपाङ्ग ब्यक्तिलाई समस्या भएको छ ।

उक्त सेवा लिनका लागि दुर्गम गाउका अपाङ्गलाई सदरमुकाम खलंगा नआई सुक्कै छैन । सरकारले अपाङ्गलाई घरदेलोमा पुगेर सेवा दिने ब्यवस्था पनि गरेको छैन । अपाङ्ग छोरा नागरिकता बनाउनैका लागि ४ हजार ज्याला दिने शर्तमा स्ट्रेचरमा बोकाउर ल्याएको बाबु कर्णबहादुरले वताए । आर्थिक अभाव र बोक्ने मान्छे नपाउदा कतिपय अपाङ्गले खलंगामा आएर सेवा लिन नसकेको उनले वताए ।

अपाङ्गता भएका ब्यक्तिको शारिरीक समस्यालाई ध्यानमा राखेर सेवा प्रवाह गर्नुपर्ने अपाङ्गता उत्थान केन्द्र जाजरकोटका अध्यक्ष याम बहादुर बस्नेतले वताए । सरकारी सेवा अपाङ्गमैत्री नभएको उनले वताए । ७ वटै स्थानीय तहमा पटक पटक नागरिकता टोली पठाएर अपाङ्गको ब्यक्तिको नागरिकता पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने उनले वताए । अन्य केहि सुविधा स्थानीय तहबाटै प्राप्त हुने भएपनि अपाङ्गलाइै सउक्र सेवा पाउन सास्ती नै भएको बस्नेतले वताए ।

पछिल्लो समय ‘क’ र ‘ख’ बर्गका अपाङ्ग व्यक्तिलाई घरमा पुगेर सामाजिक सुरक्षा भत्ता बुझाउने व्यवस्था मिलाएको उनले वताए । यस जिल्लामा अपाङ्गता भएका ब्यक्तिको संख्या १ हजार ९ सय ३६ जना भएको बस्नेतले बताए । ‘जस्मध्ये ३ सय ९४ जनाले अपाङ्ग परीचय पत्र नै पाउन सकेका छैनन्,’ उनले भने । नागरिकता लिनका २र३ दिनसम्म बोकाएर जिल्ला प्रशासन कार्यालय ल्याउनु पर्ने वाध्यताले अपाङ्ग परीचय पत्र पाउन नसकेका हुन् । सबैभन्दा बढी अपाङ्ग व्यक्ति भेरी नगरपालिकामा रहेका छन् ।

शिवालय गाउपालिकामा ७७ जना मात्र अपाङ्ग ब्यक्ति रहेका छन् । जिल्लाभर ‘क’ बर्गका अर्थात पूर्ण अपाङ्ग १ सय ५७ र ‘ख’ बर्गका २ सय १९ अपाङ्ग रहेका छन् । घुम्ती शिविरको माध्यमबाट बाहेक घरदैलोमा पुगेर अपाङ्गलाई सरकारी सेवा प्रदान गर्न नसकिने प्रजिअ जनक राज पन्तले वताए । गृह मन्त्रालयले हाललाई घुम्ती शिविर गरेर नागरिकता वितरण गर्न देश भर नै रोक लागाएको प्रजिअ पन्तले वताए ।

अपाङ्ग ब्यक्तिको घरमा नै गएर नागरिकता दिलाउन नमिल्ने हुदा अन्य विकल्पको खोजी भैरहेको उनले वताए । गृह मन्त्रालयले अनुमती दिएमा तिहार पर्व लगत्तै दुर्गम गाउमा पुगेर घुम्ती शिविर मार्फत नागरिकता लगायत सेवा प्रदान गरीने प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!