तलवको दाग हट्यो

रामचन्द्र रोकाय
हामी तलब खान्छु भनेर राजनिति गरेको हैन ,जनताको निम्ति केही गरौला भनेर राजनितिमा होमियको हो आज हामी जनप्रतिनिधि हरुलाई सामजिक सन्जालमा नाना थरि लेखेर तलबको भुक्तभोगि जस्तो बनाएको छ ।

हामी भुक्त भोगी हैन आज त झन गर्व छ , किन कि निस्वार्थी जनप्रतिनि भएको महसुस भयको छ । हिजोको दिन हामिलाई जनताले तलबदार कर्मचारिको रुपमा हेर्थे , आज तलब हटाउदा हामी एउटा असल जनप्रतिनिधि हुने मौका पाएका छौँ । सम्माननीय सर्बोच्च अदालदको आदेश पालना गर्ने सामान्य जनताको छोरा हुँ । तलब हटाउने आदेश आईरहदा धेरैले स्थाननीय तहको जनप्रतिनिधिलाई नै दोसी दुख्नुभयो , तर यो कुरा बुझन जरुरी छ की सबैले तलब तोक्ने महामहिम हरु दोसी कि तलब बुझ्ने जनप्रतिनिधि दोसी आफै विश्लेषण गर्नु होला ।

मेरो राजनीतिक ईतिहासको चर्चा गर्नु जरुरी छैन । हामी एउटा खुल्ला कागज हो सबैले पढे हुन्छ , हामीमा कुनै स्वर्थ र छलकपट छ छैन भन्ने कुरा मेरो एउटा मात्र माग रहेको छ ? सानालाई ऐन र ठुलालाई चयन नगरौँ , चाहे त्यो न्यायलयले होस , चाहे त्यो कार्यपालिकाले होस । भन्दै गर्दा मलाई कति साथिहरुले तलब खान नपाएर अदालदको बिरोध गरेको जस्तो भ्रम पर्न गएछ , म त्यो मान्छे होईन , हजुरहरुले सोचेको जस्तो तलब को भुक्तभोगि पनि हैन । म राजतीतिक निस्वर्थ खुल्ला हृदयले गर्नु पर्छ अनि समाजको परिबर्तन हुन्छ भन्ने भिजन राखेर अगाडी बढ्ने एक युगन्तकारी सिपाही हु ।

तलब त एउटा असल जनप्रतिनिहरुको लागि कालो दाग थियो तर आज सम्माननिय अदालदले हामी जनप्रतिनिधि माथि लागेको दाग धोई दियो । आजको दिनमा हामी शुद्द छु खुला निस्वर्थ राजनीति गर्ने हरुको लागि तलब झन तगारो बनेर झन् सवैले हामीलाई जनप्रतिनिधिको रुपमा नभएर कर्मचारिको ट्येग भिराएको यथार्थ हामी सबैले भोगेकै हो । आज म सर्बोच्च अदालदको कदम लाई स्वगत गर्छु तर कानुन सानोलाई मात्र हैन , ठुलोलाई पनि लागू हुनु पर्छ अख्तियार देखि अदालत सम्मको कार्य हेर्दा आम जनसाधारण असन्तुस्ट छ ।

पाँच हजार घुस काण्डमा सामन्य कर्मचारि हरुलाई पक्रेर जेल हाल्ने अख्तियार र शर्बोच्च हरु अरबौ, अरब भ्रष्टाचार गर्ने ३३किलो सुन काण्ड बालुवाटार जग्गा काण्ड होईटवोडी काण्डका नाईके माहामाहिम हरुलाई छुन सकेको खैत बिधिको शासन सबैमा समान हुनु पर्छ भन्ने मेरो बिचार हो तर सत्य बोल्दा तितो नै हुन्छ ।

लेखक डोल्पा काईके गाउँपालिका वडा ७ का वडा अध्यक्ष हुँन् ।





error: Content is protected !!