पन्ध शैयाको अस्पताल दुई निर्वाचन क्षेत्रमा ः मन्त्री बस्नेत

जाजरकोट , ४ कात्तिक (रासस)ः जाजरकोट सदरमुकाममा मात्र ५० शैयाको अस्पताल भएको भन्दै गुनासो आउन थालेपछि जिल्लाका दुई निर्बाचन क्षेत्रमा दुई अस्पताल निर्माणको गृहकार्य सुरु भएको छ ।

जिल्लाको पुर्वी क्षेत्रमा रहेको नलगाड नगरपालिका – ७ दल्लीमा १५ शैयाको अस्पताल बनाउने गृहकार्य सुरु भएको छ । त्यस्तै पश्चिमी क्षेत्रलाई केन्द्रीत गरेर छेडागाड नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणको लागि तयारी भईरहेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले रासस सँग आज कुरा गदै बताउनुभयो । त्यस्तै उहाँले लिम्सा र गर्खाकोटमा रहेको स्वास्थ्य संस्थाको स्तरउन्नतीको काम पनि सुरु हुँन लागेको मन्त्री बस्नेतको भनाई छ ।

जिल्ला सदरमुकाममा मात्र सुविधा युक्त अस्पताल भएका कारण ग्रामीण क्षेत्रका स्थानीयवासीले प्रभावकारी सेवा नपाएको भन्दै मन्त्री बस्नेतले दुवै क्षेत्रमा एम्वुलेन्स सेवा सहितको अस्पताल स्थापना गर्न अन्तिम तयारी भएको उहाँले बताउनुभयो । त्यस्तै स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि र स्थानीय सरकार सञ्चालनका लागि गती दिन पहिलो चरणमा सवै स्थानीय तहको प्रशासकीय केन्द्र रहेका सडकमा पिच गर्न लागिएको उहाँको भनाई छ ।

जिल्लाको शान्ति , सुरक्षा कार्यम गर्नका लागि दरवन्दी अनुसारको प्रहरी व्यवस्थापन हुँने उहाँले बताउनुभयो । सञ्चार सेवा जिल्ला भरी पुर्याउनका लागि दुई भागमा काम भईरहेको उहाँको जानकारी दिनुभयो । जिल्ला भर भएका स्वास्थ्य संस्थाको प्रभावकारी सेवा र जनशक्ति पदपुर्तीका लागि चाँसो दिन स्थानीयवासीले मन्त्री बस्नेतलाई आग्रह गरेका छन् ।





error: Content is protected !!