सातै स्थानीय तहमा (नेकपा)को समिति गठन

जाजरकोट , नेपाल कम्यूनिष्ट पाटी (नेकपा)ले जाजरकोटका सातै वटा स्थानीय तहको एकता सम्पन्न गरेको छ ।
आज सम्पन्न भएको वैठकले भेरी नगरपालिकाको अध्यक्ष मुकुन्द शर्मा , र सचिवमा ललित विक , नलगाड नगरपालिकामा अध्यक्षमा गणेस सिंह , सचिव जनकबहादुर शाही , छेडागाड नगरपालिमा अध्यक्ष जयराम न्यौपाने र सचिवमा प्रेम बहादुर खत्री, जुनिचाँदे गाउँपालिकामा अध्यक्षमा जयबहादुर घर्ती , सचिवमा गणेस शर्मा , कुशेगाउँपालिकामा अध्यक्षमा गुम्व सिंह र सचिवमा नरबहादुर मल्ल र बारेकोट गाउँपालिकामा अध्यक्ष हरीबहादुर थापा सचिव भक्त वस्नेत रहनुभएको छ ।
त्यस्तै शिबालय गाउँपालिकामा अध्यक्षमा रंगनाथ योगी सचिवमा गोपाल घर्ती रहनुभएको (नेकपा) जाजरकोटका सहईञ्चार्ज निरज आचार्यले जानकारी दिनुभयो । त्यसैगरी जिल्लामा ७ जना कार्यालय टिम समेत गठन गरिएको छ । कार्यालय टिममा ढकबीर राना , करवीर शाही , प्रताव जैसी , वेदबहादुर शाही , चन्द्र थापा , प्रेम घर्ती र जनक राज शर्मा रहनुभएको छ ।
त्यस्तै जिल्ला समितिको सचिवालयमा सचिवालय ४५ जना लाई समावेश गरिएको छ । १६ जनालाई वैकल्पिक सचिवालयमा समावेश गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र समन्वय सचिवालयमा क्षेत्र १ मा नरबहादुर बस्नेत अध्यक्ष र अमर ओली सचिव रहनुभएको छ । त्यस्तै क्षेत्र २ मा संयोजक चन्द्र थापा र सचिवमा मोतीलाल ओली रहनुभएको छ ।
२२ वटा विभाग ,१४ वटा जनसंगठन ,वडा कमिटिका ईन्चार्ज समेत तोकिएको सहईञ्चार्ज निरज आचार्यले जानकारी दिनुभयो । त्यस्तै वैठकले पालिका स्तरिय प्रशिक्षण कात्तिक ५ र ६ गते नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा गर्ने भएको छ । कात्तिक ५ गते नलगाड नगरपालिका कर्णाली प्रदेशका सहईन्चार्ज कालीबहादुर मल्ल र जाजरकोट सहईञ्चार्ज निरज आचार्यले दिनुहुने छ भने बारेकोट गाउँपालिकामा आचार्यले दिनुहुने वैठकले निर्णय गरेको छ ।








