परिवर्तनलाई आत्मसाथ गरी कामको गती बढाउन आग्रह ः मन्त्री बस्नेत


सञ्जय केसी
जाजरकोट , ३ कात्तिक ः विकास खर्च कम भएको भन्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलले काम गर्ने तरिका बदल्न आग्रह गर्नुभएको छ ।
जिल्लाका कर्मचारीलाई निर्देशन दिदै मन्त्री बस्नेतले भन्नुभयो , “ अव कर्मचारी अभाव मात्र भनेर हुँदैन , समस्यको मुल जरो कहाँ हो पत्ता लगाएर काममा तिव्रता दिनुहोस , । ” जिल्लामा आएको वजेट एक चौथाई पनि खर्च हुँन नसकेपछि उहाँले यस्तो बताउनुभएको हो । खर्च भएको वजेटमा पनि गुणस्तरको अवस्था के छ त्यो पनि जाँच हुँने उहाँको भनाई छ । काम गर्नका लागि वजेटको अभाव नहुँने भन्दै उहाँले जनताले अनुभुती गर्ने गरी कामको गती बढाउन आग्रह गर्नुभयो ।

हामी नयाँ व्यवस्था र संरचनामा छौँ , देश संमृद्ध बन्नका लागि काम गर्ने नयाँ तरिका हुँनुपर्ने भन्दै मन्त्री बस्नेतले अव पुरानो तरिकाले काम गरे देश सफल नहुँने बताउनुभयो । जिल्लाका समस्यका बारेमा विस्तृत जानकारी गराएका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लामा अझै पनि काम गर्ने तरिका बदलिन नसकेको बताउनुभयो । जिल्लामा सञ्चार, खानेपानी , विद्युत , पर्यटन र अन्य जनताका सरोकार सँग जोडिएका विषय बस्तु छिटै सम्वोधन हुँने मन्त्रीले बताउनुभयो । सञ्चारका लागि दुई चरणमा काम भईरहेको भन्दै तिहार लगत्तै कामले तिव्रता लिने बताउनुभयो ।

जिल्लाको शैक्षिक अवस्था कम्जोर भएकाले तोकिएको दरवन्दी अनुसारको शिक्षकको दरवन्दीको व्यवस्था गर्न शिक्षा मन्त्रालय सँग छलफल भईरहेको छ मन्त्री बस्नेतले भन्नुभयो । खानेपानीको व्यवस्थापका लागि जिल्लाको तत्कालको अवस्था र दिर्घकालिन अवस्था के छ गुरु योजना बनाएर काम गर्न आग्रह गनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!