एकै छानाबाट तीन सेवा

जाजरकोट, छुट्टा , छुट्टै कार्यालय रहेर सेवामा विकेन्द्रीकरण हुँदै आएका कार्यालयको मर्ज सँगै एकै छानाबाट सेवा प्रवाह सुरु भएको छ ।
कर्णाली प्रदेश सरकारले जिल्ला अस्पताल , आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालयलाई एकीकृत गरी एकै छानबाट दिईएपछि सेवा प्रवाह छिटो , छरितो भएको हो । स्वास्थ्य सँग सम्वन्धित यि तीनबाट कार्यालय एकै ठाउँबाट एकै कार्यालयबाट सञ्चालन भएपछि स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाह र अनुभव आदानप्रदानमा महत्वपुर्ण भुमिका खेलेको निर्मित स्वास्थ्य सेवा व्यववस्थापक डाक्टर रविन भुषालले जानकारी दिनुभयो ।
पछिल्लो समयमा सेवा प्रवाहमा चुस्त बन्दै आएको स्वास्थ्य सेवा अहिले मर्जले झन विरामीलाई थप राम्रो भएको स्वास्थ्य सेवा कार्यालय , विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । कार्यालय मर्ज सँगै भाडामा रहेको आयुर्वेद कार्यालय सरकारी कार्यालयमा सरेको छ ।
नयाँ निर्माण भएका भवनबाट स्वास्थ्य कार्यालयले सेवा प्रवाह गर्न थालेको छ । केही महिना भित्र स्वास्थ्य सेवा कार्यालयको अत्यधुनिक भवन निर्माण कार्य सुरु समेत हुँदै छ ।








