ट्विटरद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको एकाउण्ट बन्द गर्न अस्वीकार

काठमाडौं,ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउण्ट बन्द गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ । कैलिफोर्नियाकी सिनेटर तथा ट्रम्पसँगै एउटै पार्टी डेमोक्रेटबाट राष्ट्रपति पदमा प्रतिस्पर्धा गरेकी कमला हैरिसले ट्रम्पको एकाउण्ट बन्द गर्न माग गरेकी थिइन् ।

हैरिसले ट्विटरको कार्यालयमा दिएको पत्रमा राष्ट्रपति ट्रम्पको एकाउण्ट बन्द गर्न भनेकी थिइन । उनले राष्ट्रपति ट्रम्पले युक्रेनका समकक्षीसँग विवादास्पद सन्देशको कुराकानी ट्विटरमार्फत गरेको भन्दै उक्त पत्र पठाएकी थिइन । अमेरिकी राष्ट्रपति ट्रम्पले अक्सर राजनीतिक विरोधका लागि ट्विटरमार्फत सन्देश जारी गर्दै आएका छन्।एजेन्सी




सम्बन्धित समाचार


error: Content is protected !!