प्रतियोगिताका लागि जुम्लाका ५ खेलाडी थाइल्याड प्रस्थान

जुम्ला,थाइल्याडमा हुने तेकवान्दो प्रतियोगिताको लागी जुम्लाकाएक प्रशिक्षकसहित ५ जनालाई खेलाडी लाइ बिदाइ गरिएको छ। थाइल्याण्डमा यहीँ ६, ७, ८ र ९ गतेसम्म सञ्चालन हुने आमन्त्रित तेकवान्दो खेलका लागि चारजना खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले अविर, खादा लगाई बिदाइ गरिएको हो। जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख बरमबहादुर महतले उनीहरूलाई प्रतिव्यक्ति ३ हजारका दरले काठमाडौं सम्मको लागि गाडी भाडा दिएर बिदाइ गरेका छन्। थाइल्याड प्रस्थान गर्नेमा गुठीचौर गाउँपालिका ३ गज्याङकोटका १४ वर्षीया मंगल कामी, तिलागाउँपालिका(३ का सर्पेन्द्र भट्टराई चन्दननाथ नगरपालिका ५ की अस्मिता सुनार, गुठीचौर गाउँपालिका(५ का पोषण न्यौपाने र प्रशिक्षक लालबहादुर रोकाया रहेका छन्। मंगल कामीले आफ्नो थाइल्याड जाने धोको पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनले भने,थाइल्याडमा गएर तेकवान्दो खेल खेल्नेछु जुम्लाको पहिचान राख्नेछु।








