डोल्पा कन्केलेभ २०७६ सुरु

डोल्पा ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बगरमा ुडोल्पा कन्केलेभ २०७६ु सुरु भएको छ । त्रिपुरासुन्दरी कला संस्कृति समाजद्वारा आयोजना कार्यक्रम बिहीबारदेखि सुरु भएको हो ।

कन्केलेभको उद्घाटन कार्यक्रमका प्रमुख अथिती तथा कर्णाली प्रदेश सभा सांसद वीरबहादुर शाहीले गरेका थिए । कार्यक्रमका अवसरमा पञ्चेबाजा नाच, पैसरी नाच प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा ६ दिनसम्म बृहत सांस्कृतिक प्रदर्शनी, अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता तथा घरेलु उद्योग प्रर्दशनीलगायतका कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सभा पद्मीकुमारी बुढा, नगरप्रमुख ओमबहादुर बुढा, उप प्रमुख चन्द्राकुमारी बुढा, प्रजिअ मुकेश कुमार केसरी, जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्ष नारायण रञ्जितकारलगायतका अथितिको उपस्थिती थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!