नागरिक समाजको अनुगमण ः सहयोगीले चलाउछन् डोल्पाका सरकारी कार्यालय

डोल्पा , नागरिक समाज डोल्पाले यहाँका सरकारी कार्यालयको अनुगमण गरेको छ । दशै विदा सकिएपछि यहाँका सरकारी कार्यालयमा सेवाग्राही आउने तर सेवा नपाउँने गुनासो बढेपछि नागरिक समाजले अनुगमण गरेको हो ।

केही कार्यालयमा कार्यालय सहयोगीको भरमा दैनिक कार्यालय खोल्ने र वन्द गर्ने गरेको फेला परेको छ । अनुगमणका क्रम्मा जिल्ला समन्वय समिति डोल्पा, पुर्वाधार बिकास कार्यालय, स्वास्थ्य कार्यालय, शिक्षा बिकास तथा समन्वय ईकाई, डिभिजन वन कार्यालय, कृषि बिकास बैङ्क, मालपोत कार्यालय, बिधुत प्राधिकरण, राष्ट्रिय निकुन्ज सुलिगार्ड, खानेपानि, उद्योग कार्यालय, निर्वाचन कार्यालय, नापि कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, पशु कार्यालय, हुलाक कार्यालय, नेपाल टेलिकम, साल्ट ट्रेणिङ्ग, सरकारी वकिल कार्यालयमा कर्मचारी नभएको फेला परेको नागरिक समाजको विज्ञप्तिमा उल्लेख छ ।





error: Content is protected !!