जाजरकोट प्रहरीको आक्रमक कार्य ः लागु औषधी नष्ट देखि सुरक्षा अवस्था कडा


जाजरकोट प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले निगरानी बढाएसँगै दुर्घटना र अन्य जनधनको क्षति हुँनबाट जोखिएको स्थानीयले बताएका छन् । यातायात सेवामा टाईमकार्ड लागु गरी कार्य सञ्चालन गरेको जाजरकोट प्रहरीले अहिले गाजा खेती नष्ट गर्ने अभियानमा लागेको छ । जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीका अनुसार सुरक्षा व्यवस्था मजवुत भएकै कारण अप्रिय घटना हुँन पाएको छैन् । कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित
स्थानीय पदमबहादुर खत्रीको २ रोपनी जग्गामा आफै उम्रिएको गाँजा भाँगो खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पदमबहादुर खत्रीको जग्गामा केहि बर्ष पहिला देखि स्थानीय जनकबहादुर खड्काले अधियाँ खेती गर्दै आएका थिए । खड्काले मकै तथा सिमी खेति गरेको उक्त जग्गामा मकै र सिमी बाली पाकि सकेपछि आफै उम्रिएको गाँजा खेति बढेर देखिएको नेपाल प्रहरीले जनाएको छ ।
अबैध लागु औषधका रुपमा रहेको चरेसको कच्चा पदार्थ मानिदै आएको भाँगो तथा गाँजा खेति गर्ने गराउने कार्यमा रोक लगाउदै आएको नेपाल प्रहरीले आफै उम्रिएको भाँगो खेति नष्ट गर्ने कार्य प्रति स्थानीयले प्रसंशा गरेका छन् भने, स्थानीयको साथ र सहयोगमा चौकीको सेवा क्षेत्र भित्रको शान्ति, सुरक्षा कायम गर्न हौसला प्रदान भएको चौकी ईन्चार्ज खड्काले बताएका छन् । नेपाल प्रहरीले मंगलबार जाजरकोटमा गाँजा को बारी नष्ट गरेको छ ।
कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित रहेको जग्गामा आफै उम्रिएको गाँजा को बारी स्थानीयहरुको सक्रिए सहभागितामा प्रहीले नष्ट गरेको चौकीका ईन्चार्ज तथा प्रहरी सहायक निरिक्षक जोरासिंह खड्काले जानकारी दिए । नेपाल सरकारको कानुनले अबैद्य लागु औषध मानेको गाँजा को बारी नष्ट गर्न नेपाल प्रहरीलाई साथ दिन सहभागिता जनाउने स्थानीयहरुलाई ईन्चार्ज खड्काले धन्यवाद दिएका छन् ।
स्थानीय पदमबहादुर खत्रीको २ रोपनी जग्गामा आफै उम्रिएको भाँगो खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पदमबहादुर खत्रीको जग्गामा केहि बर्ष पहिला देखि स्थानीय जनकबहादुर खड्काले अधियाँ खेती गर्दै आएका थिए । खड्काले मकै तथा सिमी खेति गरेको उक्त जग्गामा मकै र सिमी बाली पाकि सकेपछि आफै उम्रिएको गाँजा खेति बढेर देखिएको नेपाल प्रहरीले जनाएको छ ।
अबैध लागु औषधका रुपमा रहेको चरेसको कच्चा पदार्थ मानिदै आएको भाँगो तथा गाँजा खेति गर्ने गराउने कार्यमा रोक लगाउदै आएको नेपाल प्रहरीले आफै उम्रिएको भाँगो खेति नष्ट गर्ने कार्य प्रति स्थानीयले प्रसंशा गरेका छन् भने, स्थानीयको साथ र सहयोगमा चौकीको सेवा क्षेत्र भित्रको शान्ति, सुरक्षा कायम गर्न हौसला प्रदान भएको चौकी ईन्चार्ज खड्काले बताएका छन् ।








