दुई वर्ष वितेपनि वलेन विद्युत

जाजरकोट , विभिन्न निकायबाट विद्युत वाल्नका लागि ल्याईएका वजेट राजनीतिक दलका कार्यक्रताले वाँडेर सकाउदा नलगाड नगरपालिका –८ हल्चौरमा विद्युत बल्न सकेको छैन् ।
पोल र तार जोडिएको दुई वर्ष भएपनि यहाँका ३ सय भन्दा बढी घरपरिवारले विद्युत प्रयोग गर्न नपाएका हुँन् । नलगाड नगरपालिका , सांसद विकास कोष लगाएतका ठाउँबाट ल्याईएको २३ लाख भन्दा बढी बजेट हिनामिना हुँदा गाउँलेले विद्युत बाल्न नपाएको आरोप लागेको छ।
नलगाड नगरपालिकाबाट हल्चौर – लैखम सडक खण्ड मर्मत गर्ने भन्दै ल्याईएको रकमबाट स्थानीयवासीलाई जनश्रमदान बाट वाटो निर्माण गर्न लाई सो ७ लाख रुपैया विद्युत सञ्चालनका लागि विद्युत विस्तार समितिलाई हस्तान्तरण गरिएको थियो । सो रकम लाईन विस्तार समितिका सदस्यहरु कांग्रेसका खगेनकोट गाविसका पुर्व सभापती तिलक खत्री लगायतको समुह ले ५ लाख हिनामिना गरेको स्थानीय शिक्षक हरि परियारले आरोप लगाउनुभयो ।
त्यस्तै सांसद विकास कोषबाट तीन वर्ष अघि उपलव्ध गराएको रु १० लाखमा पोल खरिद गर्ने भनिएकोमा पुरै पोल नल्याएर रकम अनियमिता गरेको शिक्षक परियारले बताउनुभयो । त्यस्तै हल्चौर देखि थामा, वाँजगैरा सम्म घाडेटो बाटो जनतालाई मर्मत गर्न लगाएर नगरपालिबाट परेको रु ६ लाख रकम समेत अनियमितता गरेको खुलेको छ । बाटो राम्रो सँग मर्मत नै नगरी रकम भुक्तानी भएको पाईएको छ । अहिले सम्म सो ठाउँमा आधा पोल र तार मात्र तानिएको छ ।
स्थानीयवासीले वजेटको हिसाव माग्दा विद्युत विस्तार समितिका पदाधिकारीहरु अर्थात नेपाली कांग्रेसका तीलक खत्री , नेकपाका प्रेमबहादुर खत्री छलफलमै सहभागी नभएको शिक्षक परियारले बताउनुभयो । हल्चौरमा जोड्ने भनिएको खुमाउरी खोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत समितिका व्यक्तिले रकम अनियमितता गरेर सम्झौता गर्न नजाने अहिले पावर नदिने भएका छन् । त्यस्तै दोखु खोला लद्यु जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत जोड्ने पहल भएपनि रु ५ लाख रकम दोखुखोलाई नदिए सम्म विद्युत जोड्न नदिएको लालबहादुर विकले बताउनुभयो ।
हल्चौरमा लाईन विस्तारका लागि आएका विद्युतका पोलहरु केही विद्युत प्राधिकरणले दिएको र केही सांसद विकास कोषको रकमबाट खरिद गरिएको पाईएको छ । अन्य बाटो निर्माण गरी जनताको ज्यालाबाट आएको लाखै वजेट विस्तार समिति अर्थात नेपाली कांग्रेसका तीलक खत्री र नेकपाका प्रेमबहादुर खत्रीले अनियमितता गरेको स्थानीयवासीहरु आरोप लगाउँछन् ।








