पैसामा हस्ताक्षर गर्ने व्यक्तिको दशैं

काठमाडौं ः चाड पर्वमा पैसाको महत्त्‍व बढी हुने गर्छ। यसमध्ये दशैं र तिहारमा धरै रकम लेनदेन हुने गर्छ। नेपालमा सबैभन्दा बढी पैसा छरिने समयको रूपमा असार महिनापछि दशैं तिहारको महिना हुने गर्छ।

रेमिट्यान्स वृद्धिका साथै निजी तथा सरकारी कर्मचारीसँग औषतभन्दा १५र२० अर्ब रुपैयाँ बढी रकम हुने गर्छ। यो धेरै रकम बजारमा छरिने गर्छ। नेपाल राष्ट्र बैंकले यो समयमा ठूलो परिणाममा सुकिला र नयाँ नोट बजारमा ल्याउने गर्छ। यो वर्ष १२ अर्ब रुपैयाँको सुकिला नोट वितरण गरेको राष्ट्र बैंकको तथ्यांक रहेको छ। हुने खाने वर्गमा दशैंको कसको कति खर्च प्रतिस्पर्धा नै देखिने गर्छ। पैसामा हस्ताक्षर गर्ने राष्ट्र बैंकका गभर्नरले कति खर्च गर्छन् होला, कसरी दशैं मनाउछन् होला। यस्तो जिज्ञासा सामान्य मानिसमा स्वभाविक रुपले हुने गर्छ। २०७१ साल चैतमा पाँच वर्षे कार्यकालको लागि गभर्नर भएका डा। नेपाल गभर्नरको रूपमा अहिले अन्तिम दशैं मनाउँदै छन्।

यसअघि, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रालयको सल्लाहकार, धितोपत्र बोर्डको अध्यक्ष साथै निजी क्षेत्रका छाता संगठनको सल्लाहकारका साथै लेक्चररका रुपमा रहेका डा। नेपालको गभर्नर हुनु पूर्व र गभर्नर भएपछि दशैं मनाउने शैलीमा तात्विक रुपले त फेरिएको छैन। तर, केही समानता र केही भिन्‍नता भने देखिएका छन्। पाल्पामा जन्मिएका नेपालले लामो समयदेखि ललितपुरमा रहेको आफ्नो घरमा दशैं मनाउँदै आएकोमा गभर्नर भएदेखि महाराजगन्जमा रहेको घरमा दशैं मनाउदै आएका छन्। यस वर्ष पनि उनले त्यही घरमा दशैं मनाउने छन्। ८५ वर्षीया आमा, श्रीमती र छोरी ज्वाइँको साथै २० जना परिवारका सदस्‍यहरू एक ठाउमा जम्मा भएर टीका लागउने गरेको उनी बताउँछन्।

उनले आफूले दिने दक्षिणा गभर्नर भएकै कारणले नबढाएको बताउँछन्। ‘दक्षिण प्रत्येक वर्ष एकै हुने हैन अघिल्लो वर्षको जस्तो अहिले पनि नहोला तर गभर्नर भएको कारण मैले दक्षिणा बढाएको छैन’ नेपालले भने ‘दशैं मनाउने शैली हिजो जस्तो थियो उस्तै छ।’ गभर्नर भएपछि एउटा कुरा भने भनिन्नता पाएका छन् उनले। त्यो हो शुभकामना आदानप्रदान गर्ने बढी भएको छ। टीका लगाउन आउने पनि बढेका छन्।

‘पहिलेभन्दा शुभकामना दिने शुभकामना कार्ड पठाउनेको संख्या बढेको छ, मैले पनि पहिलोको तुलनामा अलि बढीलाई शुभकामना कार्ड दिन्छु’ नेपालले भने। उनले दशैंलाई पारिवारिक मेलको पर्वका रूपमा लिने गरेका छन्। सबैभन्दा सुन्दरता भनेको परिवारका सबै सदस्यसँगै भइन्छ, लामो समयदेखि नभेटेको आफन्तसँग भेट भइन्छ, यही बढी आनन्द हुने गर्छ’ दशैंमा आमाको आशीर्वाद थप महत्त्वको मान्छन् उनी। ‘आमाको आशिर्वाद त सधै रहन्छ नै, तर दशैंको आशीर्वाद विशेष लाग्छ’ नेपालले भने।





error: Content is protected !!