कर्मचारीलाई तलव उपलव्ध गराउन नसक्दा दुखी

डोल्पा ः कर्मचारी समायोजन भएर लेखापाल विष्णु शाहीको सरुवा भएपछि डोल्पाको काईके गाउँपालिकाले कर्मचारलिाई तलव उपलव्ध गराउन नसकेको बताएको छ ।
लेखापाल नभएपछि गाउँपालिकाका शिक्षक , कर्मचारी र जनप्रतिनिधिले समेत तलव भत्ता वुझ्न नपाएको वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकायले जानकारी दिनुभयो । विकास र संमृद्धीका हिसावले डोल्पाको नमुना गाउँपालिका रुपमा उदाएको काईके गाउँलालिकाले तलव , भत्ता नपाएपनि दशै सकिए लगत्तै लेखापालको व्यवस्था गरेर सवैलाई तलव उपलव्ध गराउने गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष जनप्रतिनिधीको तलव बाट सडक निर्माण गर्ने भन्दै डोजर खरिद गरेको काईके गाउँपालिकाले यो वर्ष पर्यटन र कृषिलाई बढी जोड दिएको वडा अध्यक्ष रोकायले जानकारी दिनुभयो । उपल्लो डोल्पामा पर्ने उक्त गाउँपालिकामा विश्वमै लोप भएको काईके भाषा समेत प्रयो गरिन्छ । दशैमा तलव उपलव्ध गराउन नसक्दा आफुहरु समेत दुखित भएको रोकायले जानकारी दिनुभयो ।
२८ लाख रुपैयाँ तलव भत्तामा कम बजेट भएकाले अर्थ मन्त्रालयमा सो अपुग रकम पुर्तीका लागि पहल जारी रहेको अध्यक्ष रोकायले जानकारी दिनुभयो । भौगलिक विकटता कारण भनेके कुरा समयमै पुरा गर्न नसकेपनि जनताको जीवन पद्धती बदल्नका लागि भने गाउँपालिकाले विशेष योजना बनाएको उहाँले बताउनुभयो ।
दशै र तिहारको सवैलाई शुभकामना दिदै अध्यक्ष रानाले विकास र संमृद्धीमा हातेमालो गरि अगाडी बढ्न एवं सहकार्य गर्न आग्रह समेत गर्नुभएको छ । कर्मचारी नहुँदा सेवा प्रवाहमा देखिएको समस्य छिटै हल हुँने समेत उहाँले बताउनुभयो ।








