गाउँमा दसैंको चटाराे, सदरमुकाम सुनसान


कालीबहादुर नेपाली । दसैं पर्व नजिकिँदै गर्दा सदरमुकाम खलंगा सुनसान भएको छ । कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्तालगायत दसैं मनाउन गाउँ हिंडेपछि खलंगा बजार सुनसान भएको हो ।
नेपालगन्ज, सुर्खेत, काठमाडौं लगायत सहरमा घरबास बनाएका खलंगाका अधिकांश रैथाने बासिन्दा पनि दसैं मनाउन गाउँमा झरेका छन । विभिन्न कामकाजका सिलसिलामा सदरमुकाम बस्दै आएका सबै जना गाउँ फर्केपछि खलंगा सुनसान भएको स्थानीय राजबहादुर विकले बताए ।
मंगलबार देखि खलंगामा फाटफुट बाहेक रैथाने मात्र देखिन्छन्,’ उनले भने, ‘खलंगाका रैथाने बासिन्दा पनि आधा जति सहरतिर झरिसकेका छन् ।’ उनका अनुसार हिजोआज गाउँ फर्कनेको लर्को लागेको छ ।
सरकारी कार्यालयका कर्मचारी दसैं बिदामा हिंडिसकेका छन् । खलंगाका पसल तथा होटल बन्द छन् । चहलपहल भइराख्ने खलंगाको ठाँटी बजार, गैरखाली, शान्तिचौतारालगायत बजारमा स्थानीयको आवजावत न्यून भएको छ । गाउँमा भने दसैं नजिकिएसँगै चहलपहल बढेको छ । देशका विभिन्न सहर र देश बाहिर बसेका अधिकांश दसंै मनाउन गाउँ फर्केकाले चहलपहल बढेको हो । रोजगारीका लागि विदेश गएका, अध्ययन गर्न सहरमा पसेका र व्यापार तथा जागिर गर्न गएका दसैं मनाउन घर फर्केका हुन ।
दसैं मनाउनका लागि तीन वर्षपछि घर फर्केको कुशे गाउँपालिका–८, प्रदिप सिहंले बताए । सिंह मजदुरीका लागि भारतको नैनीतालमा बस्दै आएका थिए । दसैं तथा तिहारको पूर्व तयारीका लागि ग्रामीण क्षेत्रमा घर पोत्ने, रङ्गीचङ्गी बनाउने, खसीबोका किन्ने, भगवती मन्दिर तथा मौलो सरसफाइ, बाटोघाटो सरसफाइ, पिङ लगाउने, सेलरोटी पकाउनेलगायत काम भइरहेका छन् । गाउँमा दसैंका साथै विभिन्न मेला सञ्चालन हुन थालेका छन् ।
स्थानीय मेलामा खाँडो, सिकारु, देउडामा, सरङ्गेलगायत नाचगान गरेर रमाउन थालेका छन । खेतीपाती भित्र्याउने र नयाँ लगाउने सिजन परेकाले पनि गाउँमा चहलपहल बढेको हो । तर यातायातको असुविधाले दसैं मनाउन घर जानलाई सास्ती भएको छ ।
सडक पहँुच नभएका कुशे, बारेकोट, जुनिचाँदे गाउँपालिका लगायतका दुर्गम गाउँका बासिन्दालाई घर फर्कन सास्ती भएको हो । शान्तिचौतारा, गैरखाली र थाप्लेचौरमा गाडीको दिनभर पर्खाइमा बसेका यात्रु सयौं छन् । चर्को भाडा तिरेर पनि पैंक पुग्ने गाडी नपाएको वडाध्यक्ष अमर रोका मगरले बताए ।
लोपहुदै लिङगे पिङ
केही वर्षअघिसम्म दसैं सुरु हुनासाथ जाजरकोटका गाउँघरमा युवाहरु पिङ हाल्न व्यस्त हुन्थे । गाउँभरीका युवा युवती भेलाभएर जंगलमा गइ बाँबियो ल्याएर लामा लामा डोरी बाटेर सबै गाउँका युवा जम्मा हुने र रमाईलो गर्ने ठाउँमा पिङ लाग्ने गरिन्थ्यो ।
तर आजभोलि गाँउघरमा पिङ हरु देखिन छोडेका छन । गाउँघरमा दसैंमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यता रहेको छ । पहिले पहिले बारेकोट गाउँपालिकाको बिभिन्न ठाउँमा पिङ हालेर रमाइलो गर्ने ठाँउ आजभोली सुनसान भएका छ ।
पहिले पिङ हालेर रमाईलो हुन्थ्यो आज भोली त्यो चलन हाएकोको छ भन्छन बारेकोट गाउँपालिका ५ नायकवाडा बिर बहादुर सिंह, पर्वको समयमा मेला, उत्सव लाग्न छोडेपछि पिङ लोप हुँदै गएको हो । ग्रामीण भेगका अधिकांश युवा विदेश भएकाले गाउँमा पिङ हाल्ने जनशक्तिको समेत अभाव छ भने बाँस पनि पहिलेजस्तो सहजै पाइँदैन ।
्दसैंरतिहारलाई लक्षित गरेर लाग्ने ऐतिहासिक मेलालाई अहिले बढ्दो सहरीकरणका कारण लाग्न छाडेका छन । गाउँघरमा पर्व मनाउन फर्किए पनि मानिसहरू घरमै मोबाइल र टीभीमा व्यस्त हुने, साथीभाइबीच भोजभतेर गरेर बिदा मनाउन थालेका छन ।
बारेकाट ५का जगत सिंह पनि आजभोलि पिङ हरु हराएको र युवाहरु पिङमा मच्चिने चलन हराउँदै गएकोले ‘अचेल सबै मोबाइल र इन्टरनेटमा झुम्न थाले,’ जगतले भने, ‘मौलिकता हराउँदै गएको चाडपर्वमा पिङ पनि लोप हुन थालेको छ ।








