चुनावी नारा र पाएको सार्थकता

हेमन्त केसी

जाजरकोट , प्रतिनिधीसभा सदस्य तथा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चुनावको मैदानमा होमिएको वेला भन्नुभएको थियो , जाजरकोटमा उपयुक्त हुँने र माटो सुहाउदो व्यवसाय सञ्चालन गर्न बिभिन्न विभाग (विभागहरु )सञ्चालन गरिने छ , र जनताको जीवन स्तर उकाल्सनका लागि हामी जनयूद्ध गरेका थियौ , त्यो खण्ड सकिएको छ अव हामी जनताको आर्थिक समृद्धी सहितको काममा छौँ अनि मात्र हाम्रो जिल्लाको नयाँ परिचय बन्छ ।

उहाँले यो भने लगत्तै चुनाव जितेर वन तथा वातावरण मन्त्री पनि हुनुभयो । गाउँमा गएर भाषणमा कोरिएका चुनावी नारालाई सार्थकता दिन एकै पटक जिल्लामा दुई जोन (विभाग) भित्रिएर लागु भएका छन् । जनताको आर्थिक संमृद्धी र कृषि विकासमा महत्वपुर्ण टेवा पुग्ने उदेश्यले जिल्लामा ठाउँ अनुसारको विभाग बनाई लागु गरिएको विभागबाट अहिले कृषकहरु त्यसको भरपुर फाईदा लिईरहेका छन् । जिल्लाको नलगाड नगरपालिकामा सुन्तला र मौरी जोन ( विभाग) भेरी नगरपालिकामा मौरी जोन , कुशे गाउँपालिकामा सुन्तला विभाग अन्य ठाउँमा पनि माटोमा उत्पादन सुहाउदो वाली सिफारिस गरी काम भईरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ मौरी–सुन्तला जोन का जाजरकोट प्रमुख टंक रिजालले बताउनुभयो ।

जाजरकोटको नलगाड नगरपालिकाका १ देखि ८ सम्म त्यस्तै कुशे गाउँपालिकाको ५ र भेरी नगरपालिकाको १ देखि ४ सम्माको क्षेत्रलाई समेटेर मौरी जोनको स्थापना गरिएको परियोजना प्रमुख तथा बरिष्ठ कृषि विकास अधिकृत टंक रिजालले बताउनुभयो रिजालका अनुसार जोन क्षेत्रमा समेटेको क्षेत्रका किसानले पहिलेदेखिनै मौरीपालन गर्दै आएका छन । जिल्लामा कुल एक हजार मेट्रिक टन मह उत्पादन हुने गरेको छ । मौरी पालन व्यवसायलाई आधुनिकिकरण र ब्यवसायिकरण गर्न परियोजनाले किसानलाई ठुलो सहयोग गर्ने छ । महको उत्पादन, प्रशोधन र बजारीकरण गरि मुल्य श्रृखंलामा लिएर किसानलाई आत्मनिर्भर बनाउने गरि परियोजनाको लक्ष्य रहेको बरिष्ठ कृषि विकास अधिकृत रिजालले बताउनुभयो ।

जोन कार्यक्रमबाट मौरीपालक किसानले तालिम, भ्रमण, प्रविधि, मौरीका घार वितरण, उपकरण वितरण, मह प्रशोधन, बजारीकरण लगायतको कार्यमा यस परियोजनाले सहयोग परियोजना प्रमुख रिजालको भनाई छ । जाजरकोटमा एपीस् सेराना एशियाली मौरी र एपीस मेरीफेरा जातको मौरी पाइन्छ । तोरी, चिउरी र पैयुँहरु प्रसस्त पाइने जाजरकोटको मह अर्गानिक हुने गरेको छ । यहाँको मह अन्य देशहरु जस्तैः युरोप, अमेरीका, जापान, चिन र भारत लागायतका देशमा निर्यात हुने गरेको रिजालले बताउनुभयो।

किसानहरुलाई व्यवसायिक बनाइ हाल भन्दा तेब्बर मह उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । पहिलो चरणमा किसानलार्य सुचीकृत गर्ने, तथ्याकं संकलन गर्ने, तालिम दिने परियोजना प्रमुख रिजालले बताउनुभयो । कर्णाली प्रदेश सरकारबाट पनि मौरीको मह प्रशोधनका लागि जिल्लाको नलगाड नगरपालिकाको छप्का प्रशोधन केन्द्र स्थापना भएको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!