भारी मात्रामा अखाद्य वस्तु बरामत गरी नष्ट

दशै र तिहारलाइ लक्षित गरि यहाँको स्थानीय प्रशासनले वजार अनुगमन सुरु गरेको छ ।
चाडपर्वका वेला नागरिकको स्वास्थ्य र अधिकारमा प्रतिकुल असर पर्ने गरि हुने कालोवजारी र म्याद गुज्रेका खाद्य वस्तुहरु एवम गुणस्तरहिन सामग्रीहरुको व्यापार नियन्त्रण गर्न वजार अनुगमन सुरु भएको स्थानीय प्रशासनले जनाएको छ ।
उद्योग र व्यापारसंग सरोकार राख्ने विभिन्न निकाय, प्रहरी र स्थानीय प्रशासनको संयुक्त अनुगमन टोलीले सदरमुकाम खलंगाको गैरीखालीवजारवाट अनुगमन सुरु गरेको हो ।
चाडपर्वका वेला वजार मुल्यमा हुन सक्ने अस्वभाविक वृद्धि र उपभोक्ताको मारलाइ ध्यानमा राखेर विशेष कार्ययोजना सहित आफुहरले सोमवार देखि खलंगावाट वजार अनुगमन सुरु गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । उहाँले सोमवार खलंगाको गैरीखाली वजारमा मात्र केहि पसलहरुको अनुगमन गरेको र यसलाइ पुरै सदरमुकाम खलंगा र जिल्ला व्यापी बनाइने बताउनुभयो ।
वजार अनुगमनका क्रममा धेरै म्याद गुज्रेका खाद्य वस्तुहरु भेटाएर नष्ट गरेको तथा मुल्य सुची नटाँसेका, म्याद गुज्रेका खाद्य वस्तुहरु विक्री गर्ने र तोकिएको भन्दा वढी मुल्यमा सामानहरु विक्री गर्ने व्यापारीलाइ पहिलो पटक लिखित रुपमै सचेत वनाइएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । अनुगमनका क्रममा म्याज गुज्रेका विभिन्न पेय पदार्थहरु, खाद्य वस्तुहरु दुइ वोरा जति फेला परेको र सवैलाइ तत्काल नष्ट गरिएको बताइएको छ ।
स्थानीय प्रशासन र सरोकारवाला निकायले नियमित रुपमा वजार अनुगमन गर्ने, दोषीहरुलाइ उचित कारवाहि गर्ने नगरेका कारण वजारमा कालोवजारी र गुणस्तरहिन सामग्रीहरुको व्यापार वढेको स्थानीयको गुनासो छ ।
स्थानीय प्रशासनले जिल्ला सदरमुकामवाट वजार अनुगमनको काम जिल्ला व्यापी र प्रभावकारी हुनु पर्ने स्थानीयवासी र सरोकारवालाहरुको भनाइ छ ।







