माछा मार्न गएका शिवालयका ५३ बर्षका डवलेको मृत्यु

इन्द्र बुढाथोकी सल्यान । माछा मार्न गएको एक व्यक्तिको आइतबार छेडागाड नदिमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जाजरकोट शिवालय गाउँपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षका डबले बादिको रहेका छन । आइतबार दिउँसो १ बजे तिर घरबाट माछा मार्न छेडागाड नदिमा गएको साझ अबेर सम्म घर नआए पछि खोजी कार्य जारी राखेको र बिहान सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ गोरुघाट नजिकै भेरी नदिमा फेला परेको मृतका भाइ टोपबहादुर बादिले जानकारी दिए।
छेडागाडबाट अन्दाजी १२ किलोमीटर तल सल्यानको भेरी नदि गोरुघाट शव लगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । त्यस क्षेत्रमा अधिकास बादी समुदायले माछा मरेर जीवन गुजारा चलाउने गर्दछन ।







