यात्रुको सहारामा गाडी,सडक स्तरउन्नती नहुँदा हिउँदमा धूलो, वर्षामा हिलो

कालीबहादुर नेपाली जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगा देखि रिम्ना सडक खण्डमा यात्रुको साहारामा चल्दै आएका छन् । गाडीलाई सबै यात्रुले धकेल्दै लानुपर्ने गाडी व्यवसाय संघ बताउनु छन् ।
जिल्लाका ग्रामीण क्षेत्रका सडकहरु स्तरउन्नती नहुँदा वर्षायाममा हिलो र हिउँद याममा धुलोले समस्या भइरहेको छ । खलंगा— रिम्ना, चिसापानि — तल्लु , खलंगा — पाँचकाटिया, कुदु — कार्कीगाउँ , मोर्क — थलह लगायतका ग्रामीण सडकको स्तरउन्नती नहुँदा यस्तो समस्या देखिएको हो ।
खलंगा रिम्ना १६ किलोमिटर सडक निर्माण भएपनि स्तरउन्नती नहुँदा वषौदेखि यहाँका स्थानीयहरु दैनिक सास्ती भोग्दै आएका छन् । कुदुदेखि कार्कीगाउँ सम्मको सडक ट्रयाक खुलेदेखि स्तरउन्नतीको काम नहुँदा यात्रुहरुले दुख पाउँदै आएका छन् । सडकको मर्मतसुधार तथा स्तरोन्नोतिमा सडक विभागलगायत निकाय बेखबर छन् ।
सडक नियमित नहुँदा खाद्यान्न तथा दैनिक उपभोग्यवस्तुको आपूर्तिमा कठिनाइ छ । सडक स्तरोन्नोति नहुँदा वर्षातमा हिलो तथा खाल्डाखुल्डी र हिउँदमा धूलोका कारण यातायातका साधन नियमितपनि हुँदैनन् । जिप, ट्याक्टरलगायत साधन धूलो तथा हिलोमा फस्ने गर्दा नियमित यातायात सञ्चालनमा आउन नसकेको भेरी नगरपालिका १ का जसु रानाले बताए । एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत राजनीतिक दलले सडक स्तरोन्नोतिको पहल गरिदिन पटकपटक सरोकारवालाहरु संग माग गरेका गरिरहेका छन् ।
राष्ट्रिय गौरवको लोकमार्गको सडक खण्ड निर्माण लामो समयदेखि अलपत्र पर्दा समेत सरोकारवाला निकाय जिम्मेवार नभएको सरोकारवाला बताउँछन् ।
पटक–पटक ताकेता गर्दा पनि मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड आयोजना दाङले बेवास्ता गरेकाले सडक अलपत्र परेको उनको आरोप छ ।
जिल्लाका विभिन्न ठाउँमा स्तरउन्नती काम समेत छिटै गरिने उनले बताए । अहिले स्तरउन्नती नभएका सडकमा हिउँद याममा धुलोका कारण यात्रामा असहज र सडकका छेउ छाउँका घरमा धुलोले वस्न नसक्ने अवस्था रहेको छ । वर्षायाममा यातायातका साधनहरु सञ्चालन गर्न मुस्लिक हुने गरेको छ ।

बाटो बनाउँदै यात्रु र चालक
शुक्रवार नलगाड नगरपालिकाको कालिमाटी देखि बारेकोट गाउँपालिकाको सिमाना पर्ने माथिल्लो खारा सम्म जाने बाटोमा साना गाडी अर्थात जीपको लाम देखिन्थ्यो ।
यो लाम हेर्दा समान्य थियो तर नागरिकले सास्ती पाइरहेका थिए । कालिमाटी देखि खारा सम्म सडक कालोपत्रे भएको छैन । बर्खाको समय अर्थात आजभोली यात्रुहरुले सास्ती झेलिरहेका छन् ।
ठुलाठुला पहाडका कारण बाटो पनि साँघुरो छ । पानी पर्ने वितिकै गाडीको लाम एकै छिनमा जम्मा भइहाल्छ । बारेकोट गाउँपालिका वडा नं.१ का ऐनबहादुर परियारले भने, अग्ला पहाड छन् त्यहाँ बाट ढुंगा खस्ने डर छ । वर्षा भएसंगै ठुला ठुला ढुंगा खस्ने गरेका छन् । उनले थपे अघिल्ला बर्षहरुमा ढुंगा लागेर धेरैको ज्यान गइसकेको छ ।
उनी जस्तै सयौँ नागरिकले गाडी जामको कारणले समयमा नै निश्चित ठाउँमा पुग्न निकै पिडा हुन्छ । जामका कारण ढुंगा खस्ने डरले नागरिकहरु र्थुथुर काम्दै जोखिम मोलेर यात्रा गरिरहेको बारेकोट गाउँपालिका वडा नं.२ का भीमबहादुर नेपालीले बताए । कालीमाटी देखि खारा सम्म साना गाडीहरु सञ्चालनमा आएका छन् । यस सडकमा बर्खामा हिलो संगै जोखिम मोलेर यात्रा गर्नु पर्छ भने हिउँमा धुलोले यात्रुलाई सताउने गरेको छ ।
जाजरकोटका स्थानीय तहहरुले सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् । असारे वजेटलाई ध्यानमा राखेर काम गर्दा दिगो विकास भने खासै देखिदैन ।
बाटो बनाउँदै सवारी साधन चलाउने र चढ्ने काम हुने गरेको छ । स्थानीय जनताको घरमा सिहंदरबार आएको नारा लगाएका स्थानीय तहहरुले डोजर प्रयोग गरेर काम गर्छन् पहिरो खस्ने र बाटो अबरुद्ध हुनु जाजरकोटका लागि कुनै नौलो कुरा नभएको स्थानीय बताउँछन् ।










