रामीडाँडा मेला समिती गठन, पुरुष भलिबलमा प्रथम पुरस्कार सहत्तरी हजार

कालीबहादुर नेपाली । जिल्लाको बारेकोट गाउँपालिकामा परम्परागत रुपमा लाग्दै आएको रामीडाँडा मेलाको यस बर्ष पनि आयोजक समिती गठन गरिएको छ ।  शुक्रबार बारेकोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष द्धारीका प्रसाद बुढाको अध्यक्षतमा वैठक बसी नौँ सदस्यीय समिती गठन गरिएको हो ।

प्रत्येक बर्ष कोजाग्रत पुर्णीमाको अवसरमा लाग्ने रामीडाँडा मेला यस बर्ष पनि असोज २४ गते देखि २७ गते सम्म लाग्ने आयोजक समितीले जनाएको छ । वडा नं.१ को मात्र चिनारी नभई सिंगो बारेकोट गाउँपालिकाको चिनारीको रुपमा लिइएको मेला यस बर्ष पहिलेका भन्दा पनि पृथक गरी मेला सञ्चालन गरिने वडाअध्यक्ष द्धारीका प्रसाद बुढाले बताए ।

उनले भने, “बारेकोट गाउँपालिकाको चिनारीका रुपमा रहेको यस मेलाबाट स्थानीय जनताले राम्रो लाभ गर्नेे र जनताले राम्रो व्यापार गर्ने र वडाको राजस्वमा वृद्धि हुने मात्र नभई बारेकोट गाउँपालिकामा रहेका पर्यटकिय स्थलहरुले समेत मेला बाट दर्शकहरुले अवलोकन गर्न सक्ने छन् ।”

यस्तै बारेकोटमा उत्पादन भएका फलफुल तथा अन्य कृषिजन्य सामगी्र बजारको अभावमा घरमै थन्किन बाट बच्ने अध्यक्ष बुढाले बताए । मेलाका आर्कषकका रुपमा परम्परागत रुपमा नाँचिने धामी नाँच, सारंगी, पैसेरी र सिगारु नाँच लगायत मेलामा राष्टिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने अध्यक्ष बुढाले जानकारी दिए ।

मेलामा विभिन्न खेलकुदको पनि आयोजना गरिने भएको छ । पुरुष तथाम महिला भलिबल र छेलोको आयोजना गरिने निर्णय भएको प्रत्रकार कालीप्रसाद थापाले बताए । साथमा हाजीरिजवाफ लगायतका कार्यक्रम गरिने निर्णय भएको थापाले बताए । यस्तै पुरुष भलिवलमा प्रथम हुनेलाई ७० हजार पुरुस्कार दिने निर्णय भएको आयोजकले जनाएको छ । मेला आउँदो असोज २४ देखि २७ गते सम्म सञ्चालन हुने निर्णय गरिएको छ ।





error: Content is protected !!