दैलेखमा जिप दुघटना, एकको मृत्यु

दैलेख : दैलेखमा जिप दुघटना हुँदा एकजनाको मुत्यु भएको छ। दैलेख बजारदेखि डुंगेश्वर गाउँपालिका-२, लाकुरी उमका लागि छुटेको बोलेरो जिप दुर्घटना भएको हो।उक्त दुर्घटनामा एक जनाको घटनास्थलमै मुत्यु भएको हो। अन्य केही व्यक्ति घाइते भएको डुंगेश्वर गाउँपालिका-२ का वडा अध्यक्ष राजु केसीले जानकारी दिए।

मृतकको सनाखत हुन सकेको प्रहरीले जनाएको छ। घाइते हुनेहरूको पनि पूरा विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए। अहिले उद्धार कार्य भइरहेको उनले बताए। घाइतहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।





error: Content is protected !!