स्थानीय सरकार अझै भाडामा,कसैको केन्दकै टुंगो छैन,कसैको निमार्ण हुदै

कालीबहादुर नेपाली जाजरकोट । अधिकार सम्पन्न गरी स्थानीय तह गठन भएको तीन वर्ष पुग्दासम्म जिल्लाका सात वटै स्थानीय सरकार भाडाको भरमा सञ्चालन हुदै आएका छन् । अधिकांश स्थानीय तह भाडाकै घरबाट सञ्चालन भइरहेका हुन । स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा समेत गाउँका सिंहदरबार भनिने यहाँका अधिकांश स्थानीय तहको आफ्नै भवन नहुँदा बर्षेनी लाखौं रकम भाडामै खर्च हुने गरेको छ ।
गाउँगाउँमा सिहंदरबार आएको नारा लगाउने स्थानीय सरकारले अहिले सम्म आफ्नो भवन बनाउन नसक्नु भनेको ठुलो कमजोरी रहेको सरोकारवालाहरु बताउँछन् । कार्यालय सञ्चालनका लागि हुनुपर्ने पूर्वाधार नभएका, तथा यसका लागि उपयुक्त भवन अभाव ,भवन भवन बनाउने कार्य जारी रहेकोले भाँडामा बस्न बाध्य भएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । अझ विषयगत शाखाहरु अलग अलग भवनबाट सञ्चालन गर्नुपर्दा त झन बढी समस्या हुने गरेको अध्यक्ष शाहले बताए ।
यस्तै जिल्लाको अर्काे स्थानीय तह जुनीचाँदे गाउँपालिकाको भने स्थानीय सरकार बनेको ३ बर्ष पुग्नै लाग्छ केन्द्रको टुंगो सम्म लागेको छैन । केन्द्रको टुंगो नलागेका कारण सेवा प्रवाहमा समेत समस्या भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए । उनले भने, “२०७५ साल वैशाख ३१ गतेको विषेश गाउँसभा बाट दुई तिहाई बहुमत बाट गाउँपालिकाको केन्द्र लुहादह निर्धारण गरेतापनि विकास विरोधी केही व्यक्तिहरुले व्यक्तिगत रिसिभी साटनका लागि केन्द्र विवादमा रहेको छ ।
गाउँपालिकाको केन्द्रको विषय सर्वाेच्चव अदालतमा विचारधीनमा रहेकोले टुंगो लागे लगतै भवनको काम सुरु हुनेछ ।” यस्तै जिल्लाको छेडागाड नगरपालिकाको भवन पनि भाडाको घरमा सञ्चालन गरिदै आएको छ । छेडागाड नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत झलक केसीले,कृषि र पुश शाखा बाहेक हरु सबै भाडामा रहेको बताएका छन् । उनले भने, हाम्रो नगरपारपालिकाको केन्द्रको विषयमा टुंगो लगाउने काम त भएको छ । तर कर्णाली प्रदेश सरकारलाई हामीले चिठी पठाएका छौ । तत्काल राजपत्रमा अकिंत केन्द्रको नाम आएमा डिपीरमा तयार गर्ने गरी भवन बनाउने काम गरीने छ । तत्काल सञ्चालन गरी कामको प्रक्रिया अगाडि बढाउने उनले बताए ।
जिल्लाको अर्काे स्थानीय तह कुशेगाउँपालिका पहिले देखि भाँडामा बस्दै आएपनि दशै पछि गाउँपालिकाकाको आफ्नै भवन बाट काम गर्ने गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले दावी गरे । उनले भने, अहिले यो बर्ष आफ्नो घरमा भएको भाँडा यो बर्ष छुट गर्ने र उपाध्यक्षको घरमा महिनाको २२ हजार तिर्ने गरेका छौँ । जिल्लाको सदरमुकाममा रहेको भेरीनगरपालिका पनि भाडाको घरमा बाट अछुत हुन बाट बच्न सकिरहेको छैन ।
नगरपालिकाले भेरीज्ञानोदय क्याम्पसको भवन भाडामा लिई काम सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ । नगरपालिको भवन बन्ने क्रममा रहेकोले भाडाको घरमा सञ्चालन गर्न बाध्य भएको नगरपालिकाका निमित प्रशासकीय अधिकृत दलबहादुर बुढाले बताए । जिल्लाको नलगाड नगरपालिका र शिवालय गाउँगाउँका पनि भाडाका घरमा काम गर्दै आएका छैन ।
स्थानीय सरकार बनेको तिन बर्ष पुग्नै लाग्दा पनि आफनै घर भाडामा नहुनु लाजमर्दाे भएको सरोकारवालाहरुको भनाई छ । समृद्ध नेपाल सुखी नेपाली निमार्णमा भवन पनि बाधक बनेको उनीहरुको भनाई छ ।










