दश र एघार गते जाजरकोटमा विजुली नआउने

जाजरकोटमा दश र एघार गते विद्युत नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारण लाइनलाइ वाधा पुरयाउने वाँके र वर्दिया जिल्लामा रहेको वर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रभित्रका रुखहरु कटानी गर्ने भएपछि जिल्लामा साढे एक दिन विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणको जाजरकोट कार्यालयले जनाएको छ ।
विद्युत प्राधिकरणको सुर्खेत कार्यालयले मुख्य लाइन र सहायक लाइनमा रहेको विद्युत प्रवाहलाइ वाधा पार्ने निकुन्ज क्षेत्र भित्रका रुखहरु काट्न ५ दिन लाग्ने जनाएपनि जाजरकोटको विद्युत सेवा भने शुक्रवार विहान ८ वजे देखि साँझ ६ वजे सम्म र शनिवार विहान ८ वजे देखि दिउसो २ वजे सम्मका लागि अवरुद्ध हुने विद्युत प्राधिकरणको जाजरकोट वितरण केन्द्रका प्रमुख लोकवहादुर खड्काले वताए ।
उनले शनिवार विहान ८ वजेदेखि अवरुद्ध भएको विजुली दिउसो १२ वजे देखि २ वजे भित्रमा सुचारु भइसक्ने पनि वताए । विद्युत लाइनलाइ सडक छेउका रुखका हांगाहरुले वाधा पुरयाउदा पटक पटक सुर्खेत, जाजरकोट, रुकुम र सल्यान जिल्लाहरुमा विजुली गइरहने र स्थानीय जनताले दुख पाइरहने समस्या हटाउन निकुन्ज क्षेत्रभित्रको सडक छेउका रुखहरु कटानी गर्ने काम सुरु गर्न लागिएको प्रमुख खड्काले वताए । उनले जनतालाइ नियमित र भरर्दाे तरीकाले विद्युध सेवा दिन आफुहरुले विद्युत प्रशारण लाइनमा वारम्वार देखा पर्ने वाधा हटाउन लागेको वताए । केन्द्रिय विद्युत लाइन पटक पटक अवरुद्ध हुने समस्याले जाजरकोट लगाएत रुकुम सल्यान र सुर्खेतका जनताहरु वढी मात्रामा मर्कामा परेका छन् ।
विद्युत सेवा अवरुद्ध भइरहने समस्याका कारण स्थानीयले जनप्रतिनिधि, सरकार र विद्युत प्राधिकरणप्रति तिव्र आक्रोस पोख्दै आएका छन् । वारम्वार विद्युत अवरुद्ध हुने समस्याले स्थानीयको दैनिक जीवनमा वाधा पर्नुका साथै सरकारी सेवा प्रवाह र व्यापारमा समेत ठुलो असर परेको स्थानीय सरोकारवालाहरु वताउछन् ।







