तीन वर्षमा चौतीस कानुन

जाजरकोट ,  दैनिक भैपरी आउँने काम र नीति गत निर्णय गर्नका लागि जाजरकोटको भेरी नगरपालिकाले ३४ वटा कानुन निर्माण गरेको छ ।

२०७४ देखि २०७६ साउन सम्मा ३४ वटा कानुन निर्माण गरेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । नगरपालिका कार्यविभाजन नियमावली देखि नगरप्रहरी सञ्चालन तथा व्यवस्थापन सम्माका कानुन बनाएको उहाँले बताउनुभयो ।

त्यस्तै कार्यसम्पादन नियमावली , प्रशासकीय कार्यविधी ऐन , स्थानीय शिक्षा ऐन , कृषि व्यवसाय प्रवद्र्धन ऐन , न्यायिक समिति कार्यविधि, सहकारी ऐन , सामुदायिक संस्था परिचालन , व्यवस्थापन , स्थानीय कानुन निर्माणको परामर्श सेवा शुल्क मापदण्ड, स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्यविधी निर्माण भएको छ । त्यस्तै (घ) वर्गका निर्माण व्यवसायी इजाजत पत्र कार्यविधि , वजारअनुगमण निर्देशिका , एकीकृत सम्पती कर व्यवस्थापन कार्यविधि , करारमा कर्मचारी व्यवस्थापन कार्यविधि , आयोजना व्यवस्थापन कार्यविधि , पदाधिकारी र कर्मचारी सेवा सुविधा निर्देशिका सम्वन्धी कानुन बनेको छ ।

आर्थिक सहायता सम्वन्धी कार्यविधि , कृषि विकास कार्यक्रम कार्यविधी , सार्वजानिक परीक्षण कार्यविधि , अपाङ्ता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधिपास भएको छ । काम गर्नका लागि सजिलो बनाउनका तथा नीतिगत कार्यलाई सही रुपमा व्यवस्थापन गर्न ३४ वटा कानुन निर्माण गरिएको छ । सवै कानुन निर्माण भई स्थानीय राजपत्रका समेत प्रकाशित भईसकेको भेरी नगरपालिकाका प्रशासकीय अधिकृत डिल्लीराज वेल्वासेले जानकारी दिनुभयो ।

जिल्लाको सवै भन्दा जेठो नगरपालिका भएका कारण सवैका आँखा समेत यही पर्ने गर्दछ । जाजरकोट सदरमुकामा सुन्दर नेपाल नामक संस्थाले सुशासनका लागि भेरी नगरपालिकाले कति कानुन बनाएर लागु गरेको भन्ने अनुगमण तथा अन्तरक्रिया गर्दा यस्तो कुरा सार्वजानिक गरिएको हो ।





error: Content is protected !!