गाडीको सहचालक छोडेर, भैँसीपालन व्यवसायमा जुटे यमबहादुर, लाखौँ पैसा कमाउँदै

इन्द्र बुढाथोकी सल्यान । पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा एक अपांग व्यक्तिले भैसीपालन बाट मनग्ये आम्दानी गरेका छन । कुमाख गाउपालिका वडा नं. २ खारखोलाका यमबहादुर बुढा ले २ वर्ष देखि भैसी पालान गरेर मनग्ये आन्दानी गरेका छन ।
१३ वर्ष देखि अस्थायी रुपमा सल्लीबजार बस्दै आएका बुढा पहिले गाडीमा सह चालक काम गर्दै आएका थिए । २ वर्ष अगाडि गाडी दुर्घटना हुदा उनको दायाँ खुट्टा भाचिएको छ । आफुले सामान्य भैंसी हेर्ने दुध बेच्ने काम गरे पनि स्वास्नीले नै घाँस ल्याउने काम गरेको र यसमा स्वास्नी अलि बढी मेहनत लाग्ने गरेको बुढाले बताएका छन ।

ठुलो ३ वटा र सानो ३ वटा सहित ६ वटा भैंसी छन । २ वटा भैसीले अहिले दैनिक २४ माना दूध दिने गरेको मासिक २५ हजार सम्म कमाई हुने गरेको छ । अहिले दुध सल्लीबजारमा नै खपत हुने गरेको र बजारको माग अनुसार बजारमा नै दूध र्पुयाउन सकिएको छैन उनले बताए । साथै ३ रोपनी जग्गा वार्षिक रु १२ हजार रुपैया भाडामा तिरेर तरकारी गरिरहेको र अहिले आधाआधा रोपनीमा घाँस र तरकारी खेत गरेर आफुले तरकारी खेती बाट मासिक ८र९ हजार कमाउने गरेको बताएका छन ।
भैंसी पालन र तरकारी खेतीबाट गरेर मासिक ३५ हजार बनाउने र छोराछोरी पालन पढाइ खर्च जुटाउन समस्या नभएको बताएका छन । आफुने भैंसी पालन र तरकारी खेती नगरेको भए अहिले सायद बजारमा बस्ने बाताबरण भन्दा गाउघरमा समेत बस्न नसक्ने र सडकमा बसेर मागी खाने अवस्था आउने उनले बताएका छन ।

← Back

Thank you for your response. ✨

उनले थपे अहिले नेपालका अधिकास युवाहरू विदेशको खाडी मुलुकमा भौतारी गरेको, दैनिक नेपाल लास आउने गरेको, विदेशमा गएर अङ्ग भङ्ग हुने गरेको बेला त्यो लगानी लगाएर विदेशको जति दुख आफ्नै देशमा गरेर कृषि खेती, भैंसी पालन, बाख्रापालन लगाएतका काम गरेमा आफ्नै देश केही गर्न सकिने भएकोले अब सबै विदेश भन्दा स्वदेशमा केही गर्नु पर्ने बताएका छन ।





error: Content is protected !!